गुणबहादुर रोका
सुलीकोट, भदौ ३१ गते । गोरखामा खेतको आलीमा मृत अबस्थामा एक महिलाको शब फेला परेको छ । फेला परेको शब पालृुङ्टार नगरपालिका –४ कुमालगाउँ बस्ने राजु थापाकी श्रीमती ४५ बर्षीय धनमाया थापा भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक ईन्द्रप्रसाद सुबेदीले जानकारी दिनुभयो ।
उहाँका अनुसार भदौ २९ गते आइतबार ११ बजेको समयमा घरबाट नजिकै रहेको दौलिया फाँटस्थित धान खेतमा धान गोड्न जाँदा बेलुकासम्म घर नफर्किएपछि सोमाबार इलाका प्रहरी कार्यालय ठाँटीपोखरी गोरखामा खोजीको गर्न परिवारले निबेदन दिएको उहाँले बताउनुभयो ।
त्यसलगत्तै घरपरिवार, स्थानीय र प्रहरीले खोजी गर्ने क्रममा दौलिया फाँटस्थित धान खेतको आलीमा महिला थापाको मृत्यु भएको अबस्थामा सोमबार दिउँसो २ बजे धानखेतको आलीमा मृतक महिलाको शब फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार धान गोड्न गएकी महिलाको मृत्यु कसरी भयो भन्ने अनुसन्धानपछि मात्र थाहा हुनेछ । इलाका प्रहरी कार्यालय ठाँटीपोखरीका प्रहरी निरीक्षकको कमाण्डमा घट्नास्थल पुगी मुचुल्का तयार पारी शब पोष्टमार्टमका लागि प्रदेश अस्पताल गोरखामा सोमबार बेलुका पठाइएकाले मंगलबार पोष्टमार्टम गरी आफन्तलाई शब बुझाइएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक सुबेदीले बताउनुभयो ।