• २ असार २०८१, आइतबार

मुसलधारे पानीले उडान अवरुद्ध

blog

काठमाडौं, असार १४ गते । लगातार परेको पानी नरोकिएपछि विहान ६ बजेदेखि हुने उडान रोकिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने लुक्ला, भैरहवा, सुर्खेत र भोजपुर  विमानस्थलमा अझै पनि उडान हुन सकेको छैन ।

भारी वर्षाले गर्दा विमानस्थलको मौसम खरावीले विहानै देखि यी चार विमानस्थलमा उडान अवरुद्ध भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी टेकनाथ सिटौलाले जानकारी दिनुभयो । 

देशैभर सञ्चालित ३६ वटा विमानस्थल मध्ये अन्य ३२ वटामा भने उडान सूचारु भएको उहाँले जानकारी दिनुभयो । यता मौसम पूर्वानुमान महाशाखाले भने मंगलबार देखि विहीबारसम्म भारी वर्षा हुने जनाएको छ । वर्षाले बाढी पहिरो जाने खतरा भएको भन्दै मंगलबार विहान सूचना जारी गरेर सतर्कता अपनाउन अनुरोध गरेको छ ।