• २८ भदौ २०८२, शनिबार

साफ यू–१७ फुटबल टोली श्रीलङ्का प्रस्थान

blog

काठमाडौँ, भदौ २८ गते । श्रीलङ्कामा सेप्टेम्बर १५ देखि २७ तारिखसम्म आयोजना हुने साफ यू–१७ च्याम्पियनसिप फुटबल टोली श्रीलङ्को कोलम्बो प्रस्थान गरेको छ । च्याम्पियनसिपमा नेपाल समूह ‘ए’ मा रहेको छ । 

नेपालले सेप्टेम्बर १५ मा घरेलु टोली श्रीलङ्कासँग खेल्दै च्याम्पियनसिपको सुरुवात गर्ने छ । त्यस्तै दोस्रो खेल सेप्टेम्बर १८ तारिखमा बङ्गलादेशसँग खेल्ने छ । समूह ‘बी’ मा भारत, माल्दिभ्स, पाकिस्तान र भुटान रहेको छ । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्ने छन् । 

नेपाली टोलीको गोलकिपरमा पेम्बानुर्बु भोटे, राम बोहरा र विशेष बानियाँ हुनुहुन्छ । रक्षकमा प्रशान्त मोक्तान, दीपेन कार्की, धिरज रावल, आदित्य रानामगर, भुवन कामी, अनमोल कार्की, मौसम रोकाया र अनोज खड्का छन् ।

मिडफिल्डरमा प्रशान्त मेन्याङ्बो, राम थामी, कृष्ट भण्डारी, प्रतिश थापामगर, भुपेश लामा, नसिब हेन्जन, सुशन मगर र सुजन स्याङ्तान हुनुहुन्छ । स्ट्राइकरमा समीर कुमार, दिगविजय शाही, निसकुमार श्रेष्ठ र रोहित श्रेष्ठ रहनुभएको छ ।