• २८ भदौ २०८२, शनिबार

सहिदभूमिमा ट्याक्टर दुर्घटना : एक जना मृत्यु, एक जना घाइते

blog

सहिदभूमि गाउँपालिका–३, पञ्चकन्यामा भएको ट्याक्टर दुर्घटना।

सन्तोष सुवेदी

पाख्रीबास, (धनकुटा) भदौ २८ गते। धनकुटाको सहिदभूमि गाउँपालिका–३, पञ्चकन्यामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। 

शनिबार बिहान करिब ११ बजेपछि ट्याक्टर अनियन्त्रित भइ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो।

ट्याक्टर दुर्घटना हुँदा सहिदभूमि गाउँपालिका–२, का करिब १८ वर्षीय खगेन्द्र परियारको मृत्यु भएको छ। ट्याक्टर चालक सोही ठाउँका करिब २३ वर्षीय सचिन परियार भने घाइते भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रमुख एसपी शरदकुमार थापा क्षेत्रीले जाकारी दिनुभयो। 

को. २ त. ८६९९ नम्बरको ट्याक्टर अनियन्त्रित भएर सडकबाट करिब ८० मिटर तल खसेर दुर्घटना भएको थियो। सहिदभूमिस्थित सेती चोकबाट ढुङ्गा बोकेर पञ्चकन्या आउँदै गरेको ट्याक्टर अनियन्त्रित भएर सडकबाट तल खस्दा दुर्घटना भएको हो।