• ३० साउन २०७९, सोमबार

पाकिस्तानमा अस्पताल भर्ना हुने सङ्क्रमितको सङ्ख्यामा वृद्धि

blog

इस्लामावाद, असार १३  गते । पाकिस्तानमा कोरोना भाइरसबाट सङ्क्रमित भइ अस्पताल भर्ना हुनेहरुको सङ्ख्यामा फेरि वृद्धि भएको छ । नयाँ सङ्क्रमितको सङ्ख्या भने तीन प्रतिशत मात्रै देखिएको सरकारी स्वास्थ्य अधिकारीहरुले सोमबार जानकारी दिएका छन् ।

राष्ट्रिय स्वास्थ्य संस्था (एनआइएच) इस्लामावादले पछिल्लो २४ घण्टामा देशभर ३८२ जना नयाँ सङ्क्रमित भएको तथ्याङ्क सार्वजनिक गरेको छ ।

सोही अवधिमा कुल १३ हजार ४१२ जनाको कोरोना परीक्षण गरिएको थियो । पाकिस्तानमा अहिले चार हजार ६३२ जना सङ्क्रमित अवस्थामै छन् । तीमध्ये ८७ जनालाई अति सघन कक्षमा राखेर उपचार भइरहेको छ ।

सरकारी अधिकारीहरुका अनुसार पाकिस्तानमा कोरोनाका कारण अहिलेसम्म ३० हजार ३९० जनाको मृत्यु भएको छ । पाकिस्तानमा अहिलेसम्म ८५ प्रतिशतलाई कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा दिइसकिएको छ ।