काठमाडौँ, भदौ २२ गते । नेपाल एएफसी यु–२३ एसियन कप छनोटबाट बाहिरिएको छ । ताजकिस्तानमा जारी छनोटको समूह ‘के’ मा लगातार दोस्रो हार खेपेसँगै नेपालको छनोट सम्भावना सकिएको हो ।
शनिबार राति भएको खेलमा नेपिा सिरियासँग ४–२ गोलले पराजित भयो । सिरियालाई जिताउन मोहम्मद अलमुस्ताफा, अली अलरिना, महमुद अलस्वद र महमुद नयिफले गोल गर्नुभएको थियो ।
नेपालका लागि निराजन धामी र सुमित श्रेष्ठले गोल गर्नुभयो । नेपाल समूहको पहिलो खेलमा घरेलु टोली ताजकिस्तानसँग ४–० गोलले पराजित भएको थियो । नेपालले समूहको अन्तिम खेल मङ्गलबार फिलिपिन्ससँग खेल्नेछ ।
सिङ्गल राउन्ड रोविन सलगका आधारमा खेलाइने खेलपछि समूहको शीर्ष स्थानमा रहने टोलीले आगामी वर्ष साउदी अरेबियामा आयोजना हुने एसियन कपमा स्थान बनाउनेछ ।