• १९ भदौ २०८२, बिहिबार

बरहथवा नगरपालिकामा आज शोक बिदा

blog

बरहथवा नगरपालिकाको कार्यालय । तस्बिर : जनार्जन खत्री

जनार्जन खत्री
सर्लाही, भदौ १९ गते ।
सर्लाहीको बरहथवा नगरपालिकामा बिहीबार शोक बिदा दिइएको छ । नगरसभा सदस्य तथा वडा नं. ९ का वडा सदस्य राधेश्याम महतो कोइरीको निधनमा बिहीबार नगरपालिकाभर शोक बिदा दिइएको हो । वडा सदस्य महतोको ७२ वर्षको उमेरमा बिहीबार निधन भएको पारिवारिकले जनाएको छ ।

बरहथवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋद्धिप्रकाश सिटौलाले सूचना जारी गर्दै वडा सदस्य महतोको निधनमा बिहीबार एक दिनका लागि नगरपालिका, वडा कार्यालय, स्वास्थ्य संस्था, विद्यालयलगायत नगरपालिका मातहतका कार्यालय बन्द रहने जानकारी गराउनुभएको छ । नगरपालिकाले वडा सदस्य महतोको निधनप्रति दुःखसमेत व्यक्त गरेको छ । महतो नेकपा माओवादी केन्द्रबाट वडा सदस्यमा निर्वाचित हुनुभएको थियो ।