• १७ भदौ २०८२, मङ्गलबार

गायक नारायण थापाको “माया मारिगयौ” सार्वजनिक

blog

काठमाडौँ, भदौ १७ गते । विगत दुई दशक भन्दा बढि समयदेखि नेपाली गीत संगीतमा सक्रिय  गायक नारायण थापाको आवाजमा रहेको नयाँ गीत “माया मारिगयौ” सौगात जंग थापा युट्युब च्यानलमार्फत भर्खरै सार्वजनिक भएको छ। गीतमा पिटर दर्नालको शब्द, विशाल निरौलाको संगीत र एरेन्ज, रञ्जन राईको मिक्सिंग मास्टरिंग रहेको छ भने सुशान्त ढकाल र एलिना गुरुङ्ग लगायतका कलाकारको अभिनय, दिपक गिरीको छायांकन राकेश दाहालको सम्पादन र राजिव समरको निर्देशन रहेको छ।

पछिल्लो समय गीत रेकर्डिङ्ग मेला महोत्सव लगायत विभिन्न सांगितिक कार्यक्रमहरुमा व्यस्त गायक नारायण थापाको अजम्बरी(२०७२,परिवेश (२०७७, र आकर्षण(२०७९ गरी तीनओटा गीति संग्रह सार्वजनिक भईसकेको छ भने चौथो गीति संग्रह आभुषणका गीतहरुको रेकर्डिङ्गको अन्तिम चरणमा पुगेको छ।