हरितालिका तिज हरेक वर्ष भाद्रपदको शुक्ल पक्षको तृतीया तिथिमा मनाइन्छ । यस दिन विवाहित महिलाहरू निर्जला र निराहार व्रत राखेर भगवान् शिव र माता पार्वतीको पूजा गर्छिन् तथा शिव पार्वतीसँग अखण्ड सौभाग्यवती हुने, श्रीमान्को लामो आयु प्राप्ति हुने र जीवनमा सुख शान्ति तथा समृद्धिका लागि प्रार्थना गर्छिन् ।
विवाहित महिला आफ्ना सौभाग्यलाई अखण्ड बनाउन तथा अविवाहित स्त्री आफ्ना मन पर्ने प्रेम पाउनका लागि हरितालिका तिजको व्रत बस्ने गर्छिन् भन्ने मान्यता छ । सबभन्दा पहिला यस व्रतलाई माता पार्वती भगवान शिवलाई पाउनका लागि गरेकी थिइन् । यस दिन विशेष रूपले गौरी शङ्करको पूजा अर्चना गरिन्छ । यस पूजामा पार्वती मातालाई सम्पूर्ण सोहागको शृङ्गार चढाउने गरिन्छ । शिवजीलाई धोती तथा गमछा अर्पित गरिन्छ त्यसपछि सौभाग्यको शृङ्गार समान कुनै ब्रह्मणीलाई तथा धोती र गमछा कुनै ब्राह्मणलाई प्रदान गरिन्छ । यस प्रकार शिव र पार्वतीको आराधना गरेर कथा सुनिन्छ । तबपश्चात सबभन्दा पहिले गणेशजीको आरती गरिन्छ । त्यसपछि भगवान् शिव र माता पार्वतीको आरती गर्ने गरिन्छ अनि भगवान्को परिव्रmमा गरिन्छ । भगवान शङ्कर र पार्वतीको मिलनका थुप्रै प्रसङ्गहरू हाम्रा लागि आदर्श छन् । शिवपुराणदेखि लिएर श्रीरामचरितमानससम्म अनेक ग्रन्थमा शिव र पार्वतीको श्रद्धा र विश्वासका उदाहरणहरू उल्लेख छन् । श्रद्धा पार्वतीजी हुन र विश्वास साक्षात् भगवान् शिव जब एकअर्काप्रति श्रद्धा र विश्वास हुन्छ तब एउटा आदर्श बन्छ । जसमा कुनै एउटाको कमी भयो भने परिवारमा सङ्कट आउँछ । शिव प्रसङ्गमा दुई वटा स्त्री आउँछिन्– एउटी सती र अर्की पार्वती । हामी पार्वतीका रूपमा स्त्रीको पुजा गर्छौंं किन ? पार्वतीलाई नै हामी अक्षत सौभाग्यको अधिष्ठत्री मान्छौँ । किनभने यही समर्पण हो । सतीको प्रसङ्गमा आफ्नो जिद्दी छ तर पार्वतीको रूपमा हरेक स्त्री सौभाग्यवती हुन्छिन् । हरितालिका तिजको प्रसङ्ग पनि यसैसँग जोडिएको छ । अविवाहित युवतीहरूका लागि नै व्रत मुख्य रूपले हुन्छ । पूर्वजन्ममा सती भएपछि अर्को जन्ममा देवी पार्वतीका रूपमा जन्मिन अनि भगवान् शङ्करलाई पाउन घोर तपस्या गरिन् । अन्न जल त्यागिन् । उहाँको शरीर पूर्ण जस्तो भइहाल्यो । त्यसैले उहाँको नाम अपर्णा रह्यो । भोख र तिर्खा त्यागेर पार्वतीले के प्रतिज्ञा गरिन् कि उनी शिवसँग नै विवाह गर्छिन् ।
तपस्या त पूरा भयो तर भगवान् शङ्करलाई मनाउन यति सजिलो कहाँ थियो र ? कथा छ कि तारकासुरको संहारका लागि भगवान् शङ्कर पार्वतीजीसँग विवाह गर्नुभयो । किनभने तारकासुरलाई वरदान पाएको थियो कि शङ्करजीको पुत्र (गर्भबाट उत्पन्न) द्वारा नै उसको बध हुन्छ । तब पार्वतीजी आफ्नो पुत्रका रूपमा कार्तिकेयलाई जन्म दिइन् र त्यसपछि तरकासुरसँग संसारलाई मुक्ति मिल्यो ।
हरितालिका तिज इच्छितवरको कामनाको व्रत हो । इच्छितवरको कामनालाई गलत मानिँदैन । वरन यसको व्रत पनि छ । हरितालिका यसमध्ये एउटा हो । प्राचीन कालमा विवाहित स्त्रीहरू पनि यस व्रतलाई गर्न थालिन् । पार्वती जस्तै नै अन्न जलको त्याग गरिन् । मुख्य उद्देश्य एउटै छ शिव नै शिव होस्, कल्याण होस् । परिवारमा पनि र दाम्पत्य जीवनमा पनि । शिव कल्याणका देवता हुन् र पार्वती कल्याणी । परिवारिक र वैवाहिक सम्पूर्ण संस्कारको उत्पत्ति शिव परिवारसँग नै जोडिएको छ । यहीँ सुखी र आदर्श परिवार हो । यस परिवारमा कार्तिकेयका रूपमा गर्भबाट जन्मेका शिशु पनि छन् त मानस पुत्रका रूपमा गणेश पनि हुनुहुन्छ । श्रद्धाका रूपमा साक्षात् पार्वती माता छिन् । यी सबैका विश्वासमा शिव छन् ।
शिवको विश्वास यी सबै परिवारमा छ । त्यसैले शिव परिवारलाई सुखी परिवार भनिन्छ । माता पार्वतीको सौभाग्य अक्षत हो, त्यस्तै व्रत गर्ने भक्तहरूको पनि यही सनातन हो । यहीँ हरितालिका हो । हामी सबै आफ्ना परिवारका लागि केही न केही समर्पण गर्छौं । अन्न, जलको त्याग यही समर्पणको एउटा हिस्सा हो । सम्पूर्ण परिवार सुखी रहोस्, सबैका परिवार श्रद्धा र विश्वासको साथ फुलोस्, यही कामनाले हाम्रो संस्कृतिलाई सुन्दर र अद्भुत बनाउँछ ।