• ८ मंसिर २०८१, शनिबार

हिमाली जिल्लाको धानखेती

blog

 हरिकृष्ण ऐडि 

भाइबहिनीहरू यो असारको महिना हो । धान रोपाइँको महिना भएकाले देशभरि विभिन्न जातका धान रोप्ने गरिन्छ । त्यस्तै हिमाली जिल्लामा पनि विभिन्न प्रकारका धानको खेती हुने गर्छ । सहरमा बस्ने भाइबहिनीहरूलाई त थाहा छैन होला गाउँघरमा बस्ने खेती गरेको देखेका भाइबहिनीहरूलाई पनि धानका बारेमा धेरै कुरा थाहा छ । धानको विशेषता भनेकै छुपु छुपु हिलोमा रोपाइँ गर्ने भन्ने बुझिन्छ तर हिमाली क्षेत्रमा भने भिरालो जग्गामा सिँचाइबिना खेती गरिन्छ । यहाँको स्थानीय यो भुवा धान हो ।

 अब यो धानका बारेमा केही जानकारी राखौँ है त । सुक्का जमिनमा गरिने धानखेती स्थानीय रैथाने भुवा जातको विभिन्न नाम गरेको धान बाली भित्रमा पर्दछ । यो रैथाने भुवा जातको धान बालीको बोट लम्बाइमा दुईदेखि तीन फिटसम्म अग्लो धानको पारा (झुप्पा) लाग्ने बोट हो । यसको काण्ड सारै नरम हुन्छ । यसका पात हुँदैनन् यो बाली भएकाले धानको झुप्पा २० देखि ३० सेन्टिमिटरसम्म लम्बाइ हुन्छ । 

सुक्का जमिनमा गरिने धानखेती स्थानीय रैथाने भुवा जातको विभिन्न नाम गरेको धान बाली भित्रमा पर्दछ। यो रैथाने भुवा जातको धान बालीको बोट लम्बाइमा दुईदेखि तीन फिटसम्म अग्लो धानको पारा (झुप्पा) लाग्ने बोट हो। यसको काण्ड सारै नरम हुन्छ। यसका पात हुँदैनन् यो बाली भएकाले धानको झुप्पा २० देखि ३० सेन्टिमिटरसम्म लम्बाइ हुन्छ।  

यो धान बाली पेन्सिल आकारको मोटाइमा हुन्छ । यो धान बाली हिमाली जिल्लामा चैत महिनाको पहिलो हप्तादेखि बारीमा धान बीउ छर्ने गरिन्छ । यो धान बालीको नयाँ लाग्दै गरेका पहिले पातहरू हरियोजस्तो भई पछि विस्तारै धान बाली लाग्दै जाँदा धानको पाराहरूमा कडा तामाजस्तो रातो रङमा परिणत हुने गर्दछन् । यो बालीमा  धान फल्दा मीठो बास्ना आउने गर्दछ । यो धानको बोटमा ६ सेन्टिमिटर लामो फूलको झुप्पामा धानको पारा लाग्ने गर्दछ । धानको (पारा) झुप्पामा स–साना फूल फुल्दै धानको दाना लाग्ने गर्दछ । चैत महिनामा लगाएको धान बाली  असोज महिनाको अन्तिमा  सङ्कलन गरिन्छ । यो धान बाली हिमाली जिल्लामा  सुक्का जमिनमा खेती गरिन्छ । विशेष गरी हिमाली जिल्लाको मुगुमा भिरालो जमिन भएकाले यहाँका कृषकहरूले उक्त सुक्खा जमिनमा सुहाउँदो हावापानीमा फल्ने स्थानीय धान बालीका जातहरू चाँफिनो, जुग्या, झ्याल्या, चाँदनी, जुगेधान, जौंधान, भुवा धानजस्ता धानहरू लगाउँदै आएका छन् ।

यी जातका धानहरूमा रातो चामल हुन्छ । भने यी स्थानीय जातका धानमा  पौष्टिक हुनेभएकाले यहाँका समुदायहरूले सुत्केरी महिला लाई खुवाउने गरिन्छ । यो स्थानीय धानलाई कुटेर रातो चामल पनि खाँदा पौष्टिक मिल्ने भएकाले  यो चामल पनि खाने गर्छन् । यो धानको चामल  पकाएको भात पनि रातो रङ नै दिन्छ । भात खाँदा पनि स्वादिलो र मीठो बास्ना आउने गर्दछ । यो बाली लिनलाई यहाँका कृषकहरूले धेरै मेहनत गर्नुपर्ने हुन्छ बाली लगाएको समयदेखि बारीमा झारपातबाट जोगाउनका निम्ति प्रत्येक महिनामा गोडमेल गर्नुपर्ने हुन्छ ।


मार्से धान उच्च हिमाली जिल्लाको जुम्ला जिल्लामा मात्र फल्ने भएकाले यो मार्से धान नेपालको अन्य जिल्लामा सुहाउँदो हावापानीमा नमिल्ने भएकाले यो जात जुम्ला जिल्लाको चन्द्रननाथ नगरपालिकाबाहेक अन्य ठाउँमा  मार्से धान फल्दैन । यो स्थानीय जातको धान बाली नेपालको कर्णाली प्रदेशका मुगु, जुम्ला, हुम्ला, डोल्पा जिल्लामा यो स्थानीय जातको धान बाली लगाउने  प्रचलन रहेको छ । स्थानीय रैथाने धान बाली समुद्र सतहबाट दुई हजार देखि दुई हजार पाँच सयसम्म यी स्थानीय रैथाने बाली  लाग्ने गर्दछ । यो बाली कृषकका लागि सजिलो भएको छ पर्याप्त मात्रमा सिँचाइको आवश्यकता नपर्ने भएकाले सजिलो भएको छ । केही समय यता यहाँका केही कृषकले रैथाने बालीबाट राम्रो उत्पादन लिन नसक्दा स्थानीय रैथाने धानलाई विस्तारै विस्थापित गरेका छन् । यो बाली हिमाली भेगमा हिउँदको समयमा हिउँ पर्ने भएकाले वर्षको एक पटक मात्र बाली लिने गरिएको छ ।

यो बाली लिनलाई यहाँका कृषकहरुले धेरै मेहनत गर्नुपर्ने हुन्छ बाली लगाएको समयदेखि बारीमा झारपातबाट जोगाउनका निम्ति प्रत्येक महिनामा गोडमेल गर्नुपर्ने हुन्छ। 

यो बाली अर्गानिक हुने भएकाले स्वस्थ भोजन मानिन्छ । यो स्थानीय धानको चामललाई रातो चामल भनेपछि र यहाँका स्थानीयले पनि रातो चामल भनेपछि सहजै बुझ्ने गरेका छन् । यो स्थानीय रातो चामलको मूल्य प्रतिकेजी रुपियाँ एक सय पचास पर्छ । हिमाली भेगमा धान बालीका लागि सुहाउँदो जमिन कम हुने भएकाले कृषकको प्राथमिकतामा प्रमुख खेती कोदो बाली नै छनोटमा पर्दछ । यो स्थानीय धानबालीलाई आधुनिकीकरणमा र  प्रवद्र्धनमा सुधार गरेको खण्डमा यहाँका स्थानीय कृषकले मनग्ये आम्दानी गरी गरिबी निवारणमा सुधार आउने देखिन्छ ।