• ८ वैशाख २०८१, शनिबार

डान्सिङ स्टार्सको उपाधि शेर्पा र प्रजाले जित्यो

blog

काठमाडौं, असार ११ गते । एक टेलिभिजनले आयोजना गरेको टेलिभिजन रियालिटी शो डान्सिङ स्टार्स नेपालको उपाधि छिरिङ शेर्पा र सरोज प्रजाको जोडीले जितेको छ । शुक्रबार राति सम्पन्न फाइनलमा उपाधि जितेसँगै जोडीले १५ लाख रुपैयाँ पुरस्कार  प्राप्त गरेको छ।

प्रीति आले मगर र शेखर घर्ती मगरको जोडीले फस्ट रनरअप हुँदै दुई लाख रुपैयाँ जितेको छ भने परमिता राणा र जेडी तमुको जोडी सेकेन्ड रनरअप हुनुभयो । 

गत जेठदेखि सुरु भएको प्रतिस्पर्धामा १२ जना सेलिब्रिटी र कोरियोग्राफर जोडीले भाग लिएका थिए । गौरी मल्ल, दिलीप रायमाझी र रेनशा बान्तवा राई निर्णायक रहनुभएको थियो ।