• ३ भदौ २०८२, मङ्गलबार

पिङ खेल्दाखेल्दै डोरीमा अल्झिएर बालिकाको मृत्यु

blog

शेरबहादुर राई

ओखलढुुङ्गा, भदौ ३ गते । ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–८, पधेरीमा पिङ खेल्ने क्रममा एक बालिकाको मृत्यु भएको छ । 

मेखबहादुर राईकी तीन वर्षीया छोरी मेरिका राई पिङ खेल्ने क्रममा डोरीमा अल्झिँदा घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । घटनाबारे जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक विजय कार्कीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो । 

हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।