• १३ वैशाख २०८१, बिहिबार

रगत परीक्षण गर्ने उपकरण हस्तान्तरण

blog

काठमाडौं, असार १० गते । भरतपुर प्रादेशिक अस्पताललाई काठमाडौंस्थित ईश्वर मन्दिर संस्थाले चिकित्साजन्य उपकरण हस्तान्तरण गरेकोे छ । विभिन्न संवेदनशील रोगको रगत परीक्षण गर्ने दुई थान इलेक्ट्रोलाइट एनालाइजर उपकरण अष्ट्रेलियामा कार्यरत नेपालीहरुको संस्था अम्याजिङ प्यारेन्टसको सहयोगमा उपलब्ध गराइएको हो ।

उपकरण हस्तान्तरण कार्यक्रममा पूर्वअर्थमन्त्री तथा ईश्वर मन्दिरका संरक्षक शङ्करप्रसाद कोइरालाले स्वास्थ्य सेवाको हबका रुपमा रहेको भरतपुर अस्पताललाई उपकरण दिन पाउँदा खुसी लागेको र यसले विपन्न वर्गको स्वास्थ्य सेवामा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

भरतपुर अस्पताल व्यवस्थापन समिति अध्यक्ष डा. भोजराज अधिकारीले ३५ लाख जनसङ्ख्यालाई स्वास्थ्य सेवा दिइरहेको अस्पतालका लागि उपकरण उपयोगी हुने बताउनुभयो । उहाँले सेवाका क्षेत्रमा अस्पताल सहकार्य गर्न तयार रहेको पनि बताउनुभयो ।

अस्पताल प्रमुख प्रा.डा. कृष्णप्रसाद पौडेलले दैनिक दुई हजार बढी रोगीहरुको चाप रहने भरतपुर अस्पतालको विकासमा सहयोगी हातहरुको उदारता प्रशंसनीय रहेको बताउनुभयो ।

संस्थाका अध्यक्ष प्रमेश केसी र स्वयंसेवी आरोहणनरसिंह खड्काले संस्थाको गतिविधि अब दुर्गम क्षेत्रमा केन्द्रित गर्ने बताउनुभयो । उहाँहरुले अब ईश्वर मन्दिर र अम्याजिङ प्यारेन्टसको सहकार्यमा शिक्षा र स्वास्थ्यका गतिविधि सञ्चालन गरिने जानकारी दिनुभयो ।इलेक्ट्रोलाईट एनालाइजर उपकरणको बजार मूल्य १० लाख रुपियाँ रहेको संस्थाले जनाएको छ ।