• ३ भदौ २०८२, मङ्गलबार

प्रदेश स्थापना दिवस मनाउन भदौ ४ गते सार्वजनिक बिदा

blog

नवीन सुवेदी
सुर्खेत, भदौ ३ गते ।
नेपालकै कान्छो प्रदेशको रुपमा स्थापित कर्णाली प्रदेशले यस वर्ष पनि आफ्नो स्थापना दिवस विशेष रूपमा मनाउन लागेको छ । शहिदहरूको बलिदानी र सङ्घर्षका कारण प्राप्त कर्णाली प्रदेशको स्थापना दिवसलाई भव्यताका साथ मनाउन प्रदेश सरकारले विभिन्न कार्यक्रम तय गरेको छ ।

यस अवसरमा सरकारले प्रदेशभरि सार्वजनिक बिदा दिने घोषणा गरेको छ । भदौ ४ गते बुधबार प्रदेशभरी बिदा दिइने निर्णय गरिएको हो । प्रदेश स्थापना दिवसको अवसर पारेर भदौ ३ देखि ५ गतेसम्म तीन दिनसम्म विभिन्न कार्यक्रम आयोजना भएका छन् । स्थापना दिवसले प्रदेशवासीलाई एकताको सन्देश दिने अपेक्षा गरिएको छ ।