गुणबहादुर रोका
सुलीकोट, भदौ २ गते । गोरखामा यौन दुर्व्यवहार गरेको आरोपमा एक युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा नगरपालिका-७ स्थायी घर भएका ३७ वर्षीया लक्ष्मण आचार्य भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले जानकारी दिनुभयो ।
उहाँका अनुसार लक्ष्मण आचार्यको आफ्नै घरमा डेरा भाडामा बसेकी नाम परिवर्तित १५ वर्षीया नाबालिका ध कुमारीलाई साउन ३१ गते १ बजेको समयमा बालिकालाई यौन आशयले शरीरका संवेदनशील अङ्गमा समात्ने, अस्वाभाविक यौनजन्य क्रियाकलाप गर्ने लगायतको कार्य गरी बालयौन दुर्व्यवहार गरेको आरोप युवक आचार्यलाई लागेको थियो ।
बालयौन दुर्व्यवहारका आरोपमा पीडितका आफन्तले दिएको जाहेरी दरखास्तको आधारमा आचार्यलाई साउन ३१ गते राति जिल्ला प्रहरी कार्यालय गोरखाको प्रहरी टोलीले घरबाटै पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक सुवेदीको भनाइ छ ।
आरोपी युवा आचार्यविरुद्ध आइतबार बालयौन दुर्व्यवहार शीर्षकमा मुद्दा दर्ता गरी जिल्ला अदालत गोरखाबाट ७ दिनको म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।