• २ भदौ २०८२, सोमबार

राष्ट्रिय महिला लिग छनोट

छहारी युवा क्लबको विजयी सुरुवात

blog

बल खोस्ने प्रयास गर्दै खेलाडी । तस्बिर : एन्फा

काठमाडौँ, साउन २९ गते । छहारी युवा क्लबले एन्फा राष्ट्रिय महिला लिग छनोटमा विजयी सुरुवात गरेको छ । 

एन्फा मैदान सातदोबाटोमा बिहीबारदेखि सुरु भएको उद्घाटन खेलमा छहारीले एफसी रियललाई ३–० गोलले हरायो ।

छहारीलाई जिताउन ललिता मन्डला, सुमित्रासिंह पाख्रिन र सानिमा मायाले एक एक गोल गर्नुभयो । एक पक्षीय खेलमा पहिलो हाफमा दुई गोल गरेको छहारीले दोस्रो हाफमा एक गोल थपेको थियो ।

समूह ‘ए’ मा रहेको छहारीले जितसँगै तीन अङ्क बनाएको छ । छनोट खेलमा १४ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीबाट उत्कृष्ट  पाँच टोली एन्फा महिला लिगमा छनोट हुने छन् ।  

सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूहमा शीर्ष दुई टोली एन्फा लिगमा सोझै सहभागी हुने छन् । तेस्रो स्थान रहने दुई टोलीबिचको प्लेअफ खेलमार्फत पाँचौँ टोलीको टुङ्गो लाग्ने छ।