• १८ भदौ २०८२, बुधबार

महानगरद्वारा रवीन्द्र र खोखो टोली नगदसहित सम्मानित

blog

सम्मान थाप्दै एमएमए फाइटर विजेता रवीन्द्र ढाट ।

काठमाडौँ, साउन २७ गते । काठमाडौँ महानगरपालिकाले भारतमा हालै सम्पन्न म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन १७) च्याम्पियन नेपाली एमएमए फाइटर रवीन्द्र ढाट र भारतमै गतवर्ष सम्पन्न खोखो विश्वकपमा उपविजेता बनेको नेपालको पुरुष र महिला टोलीलाई नगद पुरस्कारसहित सम्मान गरेको छ ।

महानगरले रवीन्द्रलाई दुई लाख र खोओ विश्वकप पुरुष र महिला टोलीलाई ११/११ लाख रुपियाँ पुरस्कारसहित सम्मान गरेको हो । खोखोको रकम व्यवस्थापन नेपाल खोखो सङ्घले नै गर्ने बताइएको छ । 

रवीन्द्र र खोखो टोलीलाई महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) उपप्रमुख सुनिता डङ्गोल, प्रमुख प्रशासकीय अधिकृत र सामाजिक विकास समितिका संयोजकलगायतले सम्मान गर्नुभयो ।