• १५ वैशाख २०८१, शनिबार

झापामा एक जनाको शव फेला

blog

विष्णुप्रसाद पोखरेल

दमक, असार ९ गते । झापाको शिवसताक्षीमा कमल बनियानी खोलामा एक पुरूषको शव फेला परेको छ । बुधबार साँझ फेला परेको शव सडेको अवस्थामा रहेको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक महेन्द्र खड्काले बताउनुभयो । 

शवको प्रकृति हेर्दा बाढीले बगाएर ल्याएको हुनसक्ने देखिएको उहाँले बताउनुभयो । शव कस्को भन्ने पहिचान भइनसकेको र आवश्यक अनुसन्धान भइरहेको पनि प्रहरीले जानकारी दिएको छ ।

यसैगरी झापाको मेचिनगर नगरपालिका–१५ ज्यामिरगढीमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । बुधवार बेलुका उत्तरबाट दक्षिणतर्फ जाँदैगरेको प्रदेश १–०१–००१ ह ८६०१ नम्बरको सिटी सफारीलाई प्रदेश १–०१–००१ क ११४६ नम्बरको मिनीट्रकले पछाडीबाट ठक्कर दिएको प्रहरीले जनाएको छ । सो दुर्घटनामा परेर मेचीनगर–९ का ४३ वर्षीय रमेश कटुवालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।