नेपालको शैक्षिक परिदृश्यमा २०८१ सालको माध्यमिक शिक्षा परीक्षा –एसइई ) र कक्षा १२ को नतिजाले नयाँ हलचल ल्याएको छ । बर्सौंदेखि शैक्षिक गुणस्तर, परीक्षा प्रणालीको विश्वसनीयता र विद्यार्थीको वास्तविक सिकाइ क्षमतामाथि उठ्दै आएका प्रश्नको जवाफ यस नतिजाले दिएको छ । यो सुधार केवल तथ्याङ्कको अङ्कगणित मात्र होइन, बरु शिक्षा क्षेत्रमा राजनीतिक इच्छाशक्ति, नीतिगत सुधार, प्रशासनिक सक्रियता र स्थानीय तहको सशक्तीकरणको एकीकृत प्रयासको परिणाम हो ।
राष्ट्रिय परीक्षा बोर्डले २०८१ चैतमा सम्पन्न एसइईको नतिजा र जेठमा सम्पन्न कक्षा १२ को नतिजा प्रकाशन गरेको छ । दुवै तहको नतिजामा देखिएको सुधारले शैक्षिक क्षेत्रमा नयाँ आशाको सञ्चार गरेको छ । माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा अनुसार यस वर्ष ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन्, जुन विगत वर्षको तुलनामा आशालाग्दो सुधार हो । त्यस्तै गरी कक्षा १२ को नतिजामा ६१.१७ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् । यो पनि उल्लेखनीय सुधार मानिएको छ । यी तथ्याङ्कले स्पष्ट पार्छ कि २०८१ सालमा शैक्षिक गुणस्तर सुधारका लागि भएका प्रयासले मूर्त रूप लिएको छ ।
प्रधानमन्त्रीको दूरदृष्टि र निरन्तरको उत्प्रेरणा : कुनै पनि राष्ट्रिय अभियानको सफलताका लागि सर्वोच्च नेतृत्वको दूरदृष्टि र निरन्तरको उत्प्रेरणा अपरिहार्य हुन्छ । प्रधानमन्त्री केपी शर्मा ओलीको भूमिका अतुलनीय छ । उहाँले शिक्षालाई राष्ट्रिय विकासको मेरुदण्ड मान्दै बारम्बार शैक्षिक सुधारमा जोड दिनुभयो । उहाँको बारम्बारको उत्प्रेरणाले विगतका नतिजाप्रतिको चिन्ता, शिक्षकलाई जिम्मेवार बनाउनेदेखि लिएर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र मातहतका निकायलाई दिने निर्देशन र प्रयासमा विशेष ध्यान केन्द्रित ग¥यो । प्रधानमन्त्रीज्यूले विभिन्न सभा समारोह तथा बैठकहरूमा शिक्षाको गुणस्तर सुधारलाई उच्च प्राथमिकतामा राखेर दिएका अभिव्यक्तिले शैक्षिक क्षेत्रका सरोकारवालामा एक प्रकारको राष्ट्रिय जिम्मेवारीबोधको भावना जागृत ग¥यो । उहाँको यो सक्रियता केवल मौखिक उत्प्रेरणामा सीमित नभएर, नीतिगत तहमा सुधारका लागि आवश्यक वातावरण निर्माण गर्ने दिशामा पनि केन्द्रित थियो । यसले गर्दा मन्त्रालय र मातहतका निकायलाई परम्परागत काम गर्ने शैलीबाट माथि उठेर नवीनतम प्रयास गर्न प्रेरित ग¥यो ।
केन्द्रीय तथा स्थानीय तहको सक्रियता
शैक्षिक सुधारको यो अभियानमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र मातहतका निकायको सक्रियता प्रशंसनीय छ । उनीहरूले केवल परिपत्र जारी गरेर मात्र नबसी, स्थानीय तहसँगको सहकार्यलाई प्राथमिकता दिए । यसले गर्दा केन्द्रले बनाएका नीति र योजनालाई गाउँ गाउँसम्म प्रभावकारी रूपमा पु¥याउन सहयोग पुग्यो ।
यस वर्षको सबैभन्दा महत्वपूर्ण कदम भनेको राष्ट्रिय परीक्षा बोर्डको नेतृत्वमा गाउँपालिका महासङ्घ र नेपाल नगरपालिका सङ्घसँगको रणनीतिक सहकार्य हो । यस सहकार्यले गर्दा शिक्षाको व्यवस्थापनमा स्थानीय तहको स्वामित्व र सहभागिता सुनिश्चित भयो । विगतमा केन्द्रबाट हुने प्रयास स्थानीय तहसम्म पुग्न कठिन हुने अवस्थामा, यो सहकार्यले एक सीधा र प्रभावकारी संयन्त्र निर्माण ग¥यो । यसका माध्यमबाट देशभरका पालिकामा विभिन्न महत्वपूर्ण कार्यक्रम सञ्चालन गरियो । यसले केवल शैक्षिक गुणस्तर सुधारमा मात्र होइन, सङ्घीयताको सफल कार्यान्वयनमा पनि एउटा महìवपूर्ण उदाहरण प्रस्तुत गरेको छ ।
परीक्षा बोर्डको रणनीतिक हस्तक्षेप : राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष परीक्षा प्रणालीलाई थप विश्वसनीय र वैज्ञानिक बनाउन विभिन्न नवीन प्रयास ग¥यो । यी प्रयास केवल परीक्षा सञ्चालनमा मात्र सीमित नभएर प्रश्नपत्र निर्माणदेखि लिएर परीक्षा सञ्चालन र नतिजा विश्लेषणसम्मका सम्पूर्ण प्रक्रियामा केन्द्रित थिए ।
पाठ्यक्रम प्रबोधीकरण तथा प्रश्न निर्माण सिप विकास : राष्ट्रिय परीक्षा बोर्डले गाउँपालिका महासङ्घ र नेपाल नगरपालिका सङ्घसँगको सहकार्यमा देशैभरका पालिकामा शिक्षकका लागि पाठ्यक्रम प्रबोधीकरण तथा प्रश्न निर्माण सिप विकास कार्यशाला सञ्चालन ग¥यो । यी कार्यशालाले शिक्षकलाई नयाँ पाठ्यक्रमको उद्देश्य, संरचना र विद्यार्थीको सिकाइ मापन गर्ने उपयुक्त विधिबारे जानकारी दियो । यसले गर्दा परीक्षाको प्रश्नपत्र केवल तथ्यमा मात्र आधारित नभएर विद्यार्थीको विश्लेषण क्षमता र आलोचनात्मक सोचको परीक्षण गर्ने खालका बने ।
परीक्षा सुधार एकाइको स्थापना : बोर्डले स्तरीकृत परीक्षा प्रणाली र परीक्षा सुधारका लागि एउटा छुट्टै परीक्षा सुधार एकाइ खडा ग¥यो । एकाइले निरन्तर प्रश्नपत्र निर्माण, मूल्याङ्कन र नतिजा विश्लेषणका लागि कार्यशाला आयोजना ग¥यो । यसमा विभिन्न विषयका विज्ञसँग छलफल तथा अन्तर्क्रिया गरी परीक्षा प्रणालीमा भएका कमीकमजोरी सुधार गर्ने प्रयास गरियो । यसले गर्दा परीक्षाको विश्वसनीयता र वैधतामा वृद्धि भयो ।
शिक्षकको क्षमता अभिवृद्धि : शैक्षिक सुधारको कुनै पनि अभियान शिक्षकहरूको क्षमता अभिवृद्धिबिना सफल हुन सक्दैन । यस वर्ष गरिएको सबैभन्दा प्रभावकारी कार्यमध्ये एक भनेको शिक्षकका लागि सञ्चालन गरिएको प्रशिक्षक प्रशिक्षण कार्यशाला हो । राष्ट्रिय परीक्षा बोर्डद्वारा गाउँपालिका महासङ्घ र नेपाल नगरपालिका सङ्घसँगको सहकार्यमा धेरै जसो पालिकाका अङ्ग्रेजी, गणित र विज्ञान तथा प्रविधि जस्ता मुख्य विषयका शिक्षकलाई यो तालिम प्रदान गरियो ।
यो तालिम केवल शिक्षकलाई नयाँ ज्ञान दिने मात्र नभई, उनीहरूलाई अरू शिक्षकलाई पनि तालिम दिन सक्ने गरी तयार गर्ने उद्देश्यले सञ्चालन गरिएको थियो । यी प्रशिक्षित शिक्षकले आफ्नो पालिकामा फर्किएर अन्य शिक्षकलाई तालिम दिए, जसले गर्दा शैक्षिक सुधारका प्रयास एकैचोटि धेरै विद्यालयमा पुग्न सम्भव भयो । यस प्रकारको तालिमले कक्षाकोठाको शिक्षण विधिमा गुणात्मक सुधार ल्यायो र विद्यार्थीलाई विषयवस्तु अझ राम्रोसँग बुझ्न सहयोग पुग्यो ।
मूल्याङ्कन प्रणालीमा पारदर्शिता र वस्तुनिष्ठता : परीक्षा प्रणालीको विश्वसनीयताका लागि मूल्याङ्कन प्रणालीको निष्पक्षता र वस्तुनिष्ठता अपरिहार्य हुन्छ । यस वर्ष यस क्षेत्रमा पनि उल्लेखनीय सुधार गरिए । राष्ट्रिय परीक्षा बोर्डले उत्तरपुस्तिका परीक्षण र समपरीक्षणका लागि समेत विशेष कार्यशाला सञ्चालन ग¥यो । यसले गर्दा उत्तरपुस्तिका परीक्षण गर्ने शिक्षकलाई मूल्याङ्कनका स्पष्ट मापदण्डका बारेमा जानकारी दिइयो । यसले मूल्याङ्कनमा हुने व्यक्तिपरक त्रुटिलाई कम गरी नतिजालाई थप विश्वसनीय बनाउन मद्दत ग¥यो । समपरीक्षण कार्यशालाले मूल्याङ्कनको गुणस्तरलाई थप सुनिश्चित ग¥यो ।
परीक्षा व्यवस्थापनमा स्थानीय तहको सहभागिता : परीक्षा सञ्चालनमा स्थानीय तहहरूको सहभागिता सुनिश्चित गरिनु पनि यस वर्षको सफलताको अर्को महìवपूर्ण पक्ष हो । स्थानीय सरकारले परीक्षा केन्द्रको व्यवस्थापन, सुरक्षा र अन्य आवश्यक सहयोग प्रदान गर्दा परीक्षा सञ्चालन थप व्यवस्थित र निष्पक्ष हुन पुग्यो । यसले परीक्षामा हुने अनियमिततालाई समेत नियन्त्रण गर्न सहयोग पु¥यायो ।
कक्षाकोठामा देखिएको सकारात्मक परिवर्तन : यी सबै प्रयासको परिणामस्वरूप, २०८१ सालको एसइई तथा कक्षा १२ को नतिजामा देखिएको सुधार केवल अङ्कमा मात्र सीमित छैन । यसले देशभरका विद्यालयको समग्र कक्षाकोठाको सिकाइ वातावरणमा सकारात्मक परिवर्तन ल्याएको छ । यस परिवर्तनको केन्द्रमा विद्यार्थीको लगनशीलता र अथक मेहनत छ, जसले उनीहरूलाई नयाँ उचाइमा पुग्न प्रेरित ग¥यो । त्यस्तै, बालबालिकाको गुणस्तरीय शिक्षा प्राप्तिप्रति अभिभावकको गहिरो चिन्तन, सक्रिय अग्रसरता र उत्साहपूर्ण सहभागिताले पनि यस सुधारमा महत्वपूर्ण भूमिका खेलेको छ । उनीहरूले आफ्ना बालबालिकाको सिकाइमा प्रत्यक्ष चासो देखाउँदै विद्यालय र शिक्षकसँग निरन्तर समन्वय गरे ।
शिक्षकहरूको अथक मेहनत र प्रयास साथै तालिमको प्रभावकारी कार्यान्वयनले कक्षाकोठामा नयाँ ऊर्जा ल्यायो । जब शिक्षकहरू प्रशिक्षित हुन्छन्, प्रश्नपत्र वैज्ञानिक हुन्छन्, मूल्याङ्कन प्रणाली निष्पक्ष हुन्छ र परीक्षा सञ्चालन व्यवस्थित हुन्छ, तब विद्यार्थीले पनि सिक्नका लागि थप उत्प्रेरणा पाउँछन् । यो एक चक्रीय प्रक्रिया हो, जहाँ हरेक पक्षको सकारात्मक योगदानले समग्र शैक्षिक गुणस्तरमा सुधार ल्याउँछ ।
सूचना तथा प्रविधिसँग शिक्षा जोडिएको वर्तमान समयमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रद्वारा विकास गरिएका भर्चुअल सिकाइ सामग्री सहित विभिन्न अनलाइन पोर्टलहरू र शैक्षिक कार्यव्रmमले पनि नतिजा सुधारमा महìवपूर्ण योगदान पु¥याएका छन् । विद्यार्थीले अनलाइन माध्यमबाट परीक्षा तयारीका सामग्री, नमुना प्रश्नपत्र र विशेषज्ञको सुझाव प्राप्त गर्न पाए । यसले विद्यार्थीलाई थप सिक्ने अवसर प्रदान ग¥यो र उनीहरूको शैक्षिक ज्ञानलाई फराकिलो बनाउन मद्दत ग¥यो । यस वर्ष धेरै अनलाइन प्लेटफर्मले परीक्षा तयारीका लागि विशेष कार्यक्रम सञ्चालन गरे, जसले विद्यार्थीमा आत्मविश्वास बढाउन सहयोग पु¥यायो ।
एसइई र १२ को नतिजाको सुधारले विद्यार्थी र अभिभावकमा शैक्षिक प्रणालीप्रति विश्वास बढाएको छ । यसले शिक्षालाई केवल परीक्षा पास गर्ने माध्यम मात्र नभई वास्तविक ज्ञान हासिल गर्ने र आफ्नो भविष्य निर्माण गर्ने आधारका रूपमा स्थापित गरेको छ । यो सफलताले भविष्यमा नेपालको शिक्षा प्रणालीलाई अझ सुदृढ र प्रतिस्पर्धी बनाउन बलियो आधारशिला निर्माण गरेको छ ।
निष्कर्ष
२०८१ सालको एसइई तथा कक्षा १२ परीक्षाको आशातीत नतिजा कुनै एक व्यक्ति वा संस्थाको प्रयासको परिणाम होइन । यो सर्वोच्च निकाय प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयदेखि तल्लो तह वडा र विद्यालयसम्मको तदारूकता, प्रधानमन्त्रीको उत्प्रेरणा, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र सो मातहतका निकायको सक्रियता, राष्ट्रिय परीक्षा बोर्डको दूरदर्शी नीति, रणनीतिसहित परीक्षा सुधार एकाइको गठन र त्यसले गरेको समग्र परीक्षा प्रणाली सुधारको योजनाबद्ध खाका र प्रयास जस्ता नीतिगत र प्रशासनिक पहल, गाउँपालिका महासङ्घ र नेपाल नगरपालिका सङ्घसँगको सहकार्य, स्थानीय तहको सहभागिता, शिक्षक, अभिभावक, विद्यार्थीसहित समग्र शिक्षा सरोकार निकायको सहकार्य जस्ता बहुआयामिक प्रयासको एकीकृत परिणाम हो । यो नतिजाले प्रमाणित गरेको छ कि सबै सरोकारवालाले आफ्नो जिम्मेवारीलाई गम्भीरतापूर्वक लिएर एकसाथ काम गर्ने हो भने शिक्षा क्षेत्रमा ठुलो परिवर्तन ल्याउन सम्भव छ । यो सफलता नेपालको शैक्षिक इतिहासमा एउटा महìवपूर्ण कोसेढुङ्गाको रूपमा स्थापित भएको छ, जसले भविष्यमा अझै ठुला सफलताका लागि मार्ग प्रशस्त गरेको छ ।