• २४ साउन २०८२, शनिबार

विद्यालयको भवन पहिरोले छोपियो

blog

रास्कोटको सुन्दर आविको विद्यालय, जहाँ पहिरोले छोपेको छ । तस्बिर : गोरखापत्र

प्रेमराज सिम्खडा

कालीकोट, साउन २४ गते । कालीकोट जिल्लाको रास्कोट नगरपालिका वडा नं १ मा पहिरोले विद्यालयको भवन पुरेको छ । 

गएराती परेको अबिरल वर्षाका कारणले आएको पहिराले सुन्दर आधारभुत विद्यालय रामपुरको दुई कोठे भवन पुरेको हो । रातको समय भएकाले मानविय क्षेती भने भएको छैन । तर विद्यालयको भवन भने पुरै पुरिएको छ । 

भवन अभावमा दुई कोठामा तीन कक्षा सम्मका विद्यार्थी राखेर पठन पाठन गदै आएको भवन पहिरोले पुरेपछि आइतबारबाट कक्षा १, २ र ३ का विद्यालयलाई चौरमा राख्नु पर्ने बाध्यता आइलागेको छ । विद्यालयमा आएको पहिरोले दुई कोठे भवन सँगै खेल मैदान पनि पुरै लेदोले पुरेको छ । 

शिक्षक लोकराज न्यौपानेले भवन पुर्ने गरी आएको पहिरोले खेलमैदान समेत लेदोले पुरेकाले चौरमा राखेर पठन पाठन गराउन पनि मुस्किल भएको बताउनुभयो ।

अन्यत्र ठाउँ छैन, विद्यालयको चारै तिर धान रोप्ने खेत भएकाले विद्यालय हातामा प्राय पानी पसिरहने हुन्छ । या पटक त विद्यालयका भवन निमार्ण गर्दा ढिस्का परेकाले खेतको पानी रसाउने र आकाशको पानीको बलले पहिरो जाने गरेको शिक्षक न्यौपानेले बताउनुभयो । 

कक्षा आठ सम्म अध्यापन हुँदै आएको विद्यालयमा केही दिन समस्या हुने भएको छ । पुर्व शिक्षक तथा स्थानीय अभिवावक छत्रवहादुर बमले भौगोलिक रूपमा जोखिम छ । खाली सबै तिरको सेन्टर मात्र भएर भएन । 

उ बेला सेन्टरका हिसाबले विद्यालय त्यहाँ भए पनि जग्गाधनीले विद्यालयको नाउमा जग्गा दिने सिँधै रेडियाे नेपाल भनेर स्वीकृत गराउँदा सहज हुने बताउनुभयो । सुन्दर आविमा अहिले २७३ जना विद्यार्थी अध्यान गदै आएका छन ।