• २३ साउन २०८२, शुक्रबार

जुम्लामा माइक्रो दुर्घटना हुँदा सात जना घाइते, चारको अवस्था गम्भीर

blog

नौरते नेपाली

सिँजा (जुम्ला), साउन २३ गते।  जुम्लाबाट सुर्खेत जाँदै गरेको माइक्रो दुर्घटनामा सात जना घाइते भएका छन्।घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ। 

जिल्ला अस्पताल मान्मले घाइतेलाई थप उपचारका लागि सुर्खेत रेफर गरेको छ। उद्धारका लागि हेलिकप्टर नपुग्दा उपचारमा समस्या भएको स्वास्थ्य सेवा कार्यालय कालिकोटका सूचना अधिकारी कटक महतले जानकारी दिनुभयो।

शुक्रबार बिहान जुम्लाबाट सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख ०९७६ नम्बरको फोर्स गाडी कर्णाली राजमार्गको चौखोला नजिकैबाट खसेर तीला नदीको भेलमा परेको छ।

गाडी सडकबाट लगभग १०० मिटर तल नदीको भेलमा फसेको हो।अन्य गाडीका यात्रु र स्थानीयले उद्धार गरेर घाइतेलाई अस्पताल पुर्‍याएका थिए।जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गोविन्दप्रसाद चौधरीका अनुसार घाइते सातमध्ये चार जना जुम्ला, दुई जना कालिकोटका र एक जना सुर्खेतका छन्।

घाइतेमध्ये एक महिला र तीन पुरुषको अवस्था गम्भीर  छ।कालिकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईका अनुसार घाइतेको उद्धार र थप उपचारका लागि हेलिकप्टर खोजी भइरहेको छ।