• २१ साउन २०८२, बुधबार

स्तनपानको महत्वबारे सचेतना

blog

रौतहट समाचारदाता

रौतहट, साउन २१ गते । रौतहटको फतुवा विजयपुर नगरपालिकाले विश्व स्तनपान सप्ताहका अवसरमा मङ्गलबारदेखि सुत्केरी महिलालाई स्तनपानको महत्वबारे सचेतना कार्यक्रम थालनी गरेको छ । 

नगरपालिकामा रहेका आठ वटै स्वास्थ्य संस्थामा एकैसाथ सुरु गरिएको विश्व स्तनपान सप्ताहमा सुनौलो हजार दिन कार्यक्रम अन्तर्गत स्तनपान गराउने आमालाई स्तनपानको महत्वबारे चेतना अभिवृद्धि गर्न कार्यक्रम थालिएको हो । 

नगरपालिकाको स्वास्थ्य शाखाले आयोजना गरको उक्त कार्यक्रममा जीवित शिशु जन्मिएको एक घण्टाभित्रै आमाको पहिलो बिगौती दुध खुवाउनुपर्ने, शिशु छ महिनाको हुँदासम्म आमाको मात्र दुध खुवाउने र छ महिनापछि स्तनपानसँगै फलफूल, लिटो, गेडागुडीको झोल जस्ता पौष्टिक आहार खुवाउनुपर्ने सन्देश दिइएको स्वास्थ्य संयोजक रमेशप्रसाद यादवले बताउनुभयो । 

नगरपालिकाका कार्यवाहक प्रमुख अम्बेया खातुनले स्तनपान सप्ताह कार्यक्रमले मधेशका महिलालाई आफ्नो शिशुको स्वास्थ्यप्रति सचेत र गम्भीर बनाउन सहयोग पु¥याई मातृत्व स्वास्थ्य र शिशुको वृद्धि विकासमा समेत ठुलो टेवा पुग्ने बताउनुभयो । उहाँका अनुसार स्वस्थ आमा र स्वस्थ बच्चा समाजको आधार हुने भएकाले नगरपालिकाबाट यसप्रकारको सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइने छ । 

स्तनपान सप्ताह साउन १६ देखि २२ गतेसम्म मनाइने भए पनि प्राविधिक कारणले गर्दा कार्यक्रम ढिलै सञ्चालनमा आए पनि प्रभावकारी भएको पालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद गुप्ताले बताउनुभयो । कार्यक्रममा सहभागी तीनमहिने सुत्केरी नम्रता साहले सचेतनामूलक स्तनपान कार्यक्रमबाट आफूले शिशु स्याहारसम्बन्धी नयाँ कुरा सिकेको बताउनुभयो ।