• १५ साउन २०८२, बिहिबार

'जसपा' कार्यालयको ताला खुल्यो

blog

कार्यालयको ताला खोलेपछि नेताहरूको सामुहिक । तस्बिर : सुधा देव

सुधा देव

भारदह(सप्तरी), साउन १४ गते । दुई पक्षबिच सम्झौता भएपछि जनता समाजवादी (जसपा) नेपाल सप्तरीको कार्यालयमा लगाएको ताला खुलेको छ । जसपा नेपाल सप्तरीका अध्यक्ष केदारप्रसाद यादव र आन्दोलनरत युवाबिच दुई बुँदे सहमति भएपछि मङ्गलबार राति ताला खोलिएको युवा नेता श्याम यादवले जानकारी दिनुभएको छ ।

पार्टीका अध्यक्ष एवं विष्णुपुर गाउँपालिकाका अध्य्यक्ष उमेश कुमार यादवको निर्देशनमा केदारप्रसाद यादवलाई कुटपिट गरेको भन्दै घटनामा संलग्नहरूमाथि कार्वाही तथा वडा अधिवेशन सच्याउन माग राखि पार्टीका युवाहरूले तालाबन्दी गरेका थिए । केही माँग सम्बोधन भएपनि बाँकी रहेको मागहरू वार्ता र सम्वाद मार्फत समाधान गर्ने भन्दा ताला खोलिएको हो ।

सहमति पत्रमा पार्टीका जिल्ला अध्यक्ष केदारप्रसाद यादव, समाजवादी विद्यार्थी युनियन सप्तरीका अध्यक्ष श्याम कुमार यादव, समाजवादी युवासंङ्घ सप्तरीका अध्यक्ष केदारप्रसाद यादव, समाजवादी विद्यार्थी युनियन सप्तरीका सदस्य एवम् महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसका स्ववियु सभापति रंजित यादवले हस्ताक्षर गरेका छन् ।