ठाकुरप्रसाद आचार्य
म्याग्दी, साउन १५ गते । पर्वतको जलजला गाउँपालिका-७, सल्यानको हरियाली धान खेतको फाँट । सिँचाइ सुविधा भएकाले यहाँ असार महिना भित्र किसानले धान रोपाइँ गरिसक्ने भएकाले अहिले फाँट हरियाली भएको छ । यो फाँट धान खेतका लागि उर्वर भूमि हो । हिउँद महिनामा भने किसानले फाँटभरी नै ताजा तरकारी उत्पादन गरेर राम्रो आम्दानी लिने गरेका छन् ।