• १५ साउन २०८२, बिहिबार

कांग्रेस बागमती संसदीय दलको नेता चयनका लागि गोप्य मतदान सुरु

blog

कांग्रेस संसदीय दलको नेता चयनका लागि गोप्य मतदान सुरु ।

स्मिता अर्जेल

मकवानपुरगढी, साउन १४ गते । कांग्रेस संसदीय दलको नेता चयनका लागि गोप्य मतदान सुरु भएको छ । बागमती प्रदेश सभा भवन परिसरमा निर्वाचन सुरु भएको हो । 

संसदीय दलको नेताका लागि बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा र कांग्रेस सभापति इन्द्रबहादुर बानियाँ प्रतिस्पर्धामा रहनुभएको छ । संसदीय दलका नेता रहनुभएका लामा विरुद्ध हिजो (मङ्गलबार) मात्र अविश्वासको प्रस्ताव पारित भएको थियो । 

तामाङविरुद्ध अविश्वासको प्रस्ताव पारित भएसँगै नयाँ संसदीय दलको नेता चयनका लागि गोप्य मतदान हुन लागेको हो । कुल ११० सदस्यीय बागमती प्रदेश सभामा कांग्रेसको ३७ सिट छ । जसमध्ये बानियाँ पक्षमा २२ सांसद देखिएका छन् भने तामाङको पक्षमा १५ सांसद छन् ।