• ७ जेठ २०८१, सोमबार

लेवनानका प्रधानमन्त्रीसँग प्रधानसेनापति शर्माको भेट

blog

लेवनानका प्रधानमन्त्री नाजीव आदमी मिकातीसँग शिष्टाचार भेट गर्नुहुँदै नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा । तस्बिर सौजन्य : नेपाली सेना

 काठमाडौं, असार ७ गते। लेवनानको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्माले लेवनानका प्रधानमन्त्री नाजीव आदमी मिकातीसँग शिष्टाचार भेट गर्नुभएको छ। 

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार भेटमा लेवनानको शान्ति स्थापनार्थ नेपाली शान्ति सैनिकको भूमिका, नेपाल र लेवनानबीचको सैनिक सम्बन्ध तथा दुई राष्ट्रबीच रहिआएको पारस्परिक सम्बन्ध एवम् हितका विषयमा छलफल भएको छ।

लेवनान भ्रमणमा रहनुभएका प्रधानसेनापति शर्माले त्यहाँका रक्षामन्त्री माउरिस स्लिम, सभामुख नाबी बेरी  र त्यहाँको आर्मी फोर्सका प्रमुख जोसेफ खलिल औन सँगसमेत शिष्टाचार भेट गर्नुभएको छ। 

असार ४ गते लेवनान प्रस्थान गर्नुभएका प्रधानसेनापति शर्मा लेवनानबाटै असार १३ गते अमेरिका प्रस्थान गर्नुहुनेछ। अमेरिका भ्रमण सकेर शर्मा असार १९ गते स्वदेश फिर्ता हुनुहुनेछ।