• १७ जेठ २०८१, बिहिबार

गृहमन्त्रीसँग अध्यक्ष बास्तोलाको भेट

तीन बुँदे सहमति कार्यान्वयन गर्न माग

blog

तस्बिर : गृहमन्त्रीको निजी सचिवालय

गोरखापत्र अनलाइन

काठमाडौँ, असार ७ गते । गृहमन्त्री बालकृष्ण खाणसँग धर्मेन्द्र बास्तोला अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टी (बहुमत) को टोलीले भेट गरेको छ । 

मंगलबार दिउँसो गृह मन्त्रालयमा भएको भेटमा सरकारी पक्षमा गृहसचिव टेकनारायण पाण्डे र मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेल तथा नेकपा (बहुमत)का तर्फबाट अध्यक्ष बास्तोलासहित प्रवक्ता हेमन्तप्रकाश ओली, देवकला अधिकारी, गुणराज लोहनी र दिपक सहभागी हुनुहुन्थ्यो । 

भेटमा २०७७ फागुन २० गते केपी शर्मा ओली नेतृत्वको सरकार र तत्कालीन नेकपाबीच भएको तीन बुँदे सहमति कार्यान्वयनका विषयमा कुराकानी भएको छ ।

 गृहमन्त्री खाणले सरकार नेकपासँग अघिल्लो सरकारले गरेको सहमति कार्यान्वयनमा प्रतिबद्ध रहेको बताउनु भयो । नेकपासँग भएका सहमति कार्यान्वयन गर्ने क्रममा प्रतिबद्ध छौँ । सहमतिमा समेटिएका केही बुँदा कार्यान्वयन भइसकेका र केही कार्यान्वयनको चरणमा रहेका गृहमन्त्री खाणले बताउनुभयो । 

नेकपाका तर्फबाट संयोजक बास्तोलाले जेलमा रहेका पार्टीका नेता कार्यकर्ता रिहाइ गर्न आग्रह गर्नुभएको थियो । सहमति कार्यान्वयनको विषयमा अन्य मन्त्रालय र निकायसँग समेत छलफल गर्नुपर्ने भएकाले ती निकायसहित बसेर पुनः छलफल गर्नेगरी बैठक सकिएको छ । 

तत्कालीन नेत्रविक्रम चन्द नेतृत्वको नेकपा फुटेर बास्तोलाको संयोजकत्वमा नयाँ पार्टी बनेको हो ।