• ७ जेठ २०८१, सोमबार

केकी अधिकारीको 'सिल्ली फो'

blog

काठमाडौं, असार ७ गते । केकी अधिकारीको मुख्य भूमिका रहेको फिल्म ‘सिल्ली फो’को ट्रेलर सार्वजनिक गरिएको छ । कमेडी जनरामा निर्माण भएकोे फिल्ममा अभिनेत्री अधिकारीले नायिका बन्न गरेको संर्घषलाई देखाइएको हो ।

राज बहादुर सानेको निर्देशनमा बनेको फिल्म ह्याप्पी फिल्मस् प्रालीको व्यानरमा निर्माण भएको हो । फिल्ममा मनोज डिके निर्माता र विशाल श्रेष्ठ सह-निर्माताको रुपमा छन् ।

फिल्ममामा रवीन्द्र झा, राजाराम पौडेल, दिनेश रेग्मी, भुगोल कार्की, रमेश बजगाईं, अनिता लामिछाने, दीपक थापा, पुर्णचन्द्र पोखरेल (मामाजी), अनिता श्रेष्ठ, सरस्वती रम्जाली मगर, रेजिना थापा, राज गौतम (केशव), अम्बर बहादुर विष्ट (सागर), सौजन बोहोरा जयमन बिश्वकर्माको अभिनय रहेको छ ।

सिनेमामा दिव्य सुवेदी, वीरेन्द्र परियार, नरेन्द्र आलेको छायांकन, शिव विकको कोरियोग्राफी, पुरुषोत्तम न्यौपानेको संगीत, तारा थापा ‘किम्भे’को सम्पादन, अनन्त घिमिरेको कलर, मदन बास्तोलाको भीएफएक्स छ ।

फिल्म आगामी असार ३१ गतेबाट प्रदर्शनमा आउन भएको छ ।