• १४ साउन २०८२, बुधबार

विषालु च्याउ खाँदा एक जनाको मृत्यु

blog

पुस्कर भण्डारी

डडेलधुरा, साउन १३ गते । विषालु च्याउ खाँदा एक जनाको मृत्यु भएको छ । डडेलधुराको भित्रिमधेश क्षेत्र आलिताल गाउँपालिका१ फिल्नेगडाका ७० वर्षीय देव बोहराको विषालु च्याउ खाँदा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय डडेलधुराले दिएको जानकारी अनुसार बोहराले साउन ७ गते साँझ ७ बजे आफ्नै खेतबारीमा उम्रिएको च्याउ खाएका थिए । च्याउ खाएपछि बिरामी परेका उनलाई तत्काल उपचारका लागि डडेलधुरा अस्पताल पुगाइएको थियो ।

जिल्ला प्रहरी कार्यालय डडेलधुराका सूचना अधिकारी एवं प्रहरी नायव निरीक्षक धनी चन्दका अनुसार अस्पतालमा उपचाररत अवस्थामा रहेका बोहराको साउन १३ गते साँझ ४ः५० बजे मृत्यु भएको हो ।

बोहराले खाएको च्याउ विषालु प्रजातिको भएको प्रारम्भिक अनुमान गरिएको छ । मृतकको शव पोस्टमार्टमका लागि डडेलधुरा अस्पतालमै राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेलधुराका सूचना अधिकारी प्रहरी निरीक्षक चन्दले जानकारी दिनुभयो ।