• १४ साउन २०८२, बुधबार

गोल्छाको जन्मजयन्तीमा विभिन्न कार्यक्रम सम्पन्न

blog

काठमाडौँ, साउन १३ गते । नेपालको अग्रणी उद्योग हुलास स्टिल उद्योग लिमिटेडले संस्थापकको ७२औँ जन्मजयन्तीको अवसरमा देशभर आफ्ना शाखा कार्यालयमा विभिन्न कार्यक्रम आयोजना गरेको छ।

कम्पनीको कर्पोरेट कार्यालय काठमाडौँ तथा मुख्य कारखाना सिमरा, बारा जिल्लामा रहेको उद्योगले संस्थापक स्व. दिवाकर गोल्छाको जन्मजयन्तीलाई सामाजिक सेवामा समर्पित गर्दै देशका विभिन्न कार्यक्रम गरेको हो । 

उद्योगले निःशुल्क स्वास्थ्य शिविर, विद्यालय तथा वृद्धाश्रममा खाना खुवाउने कार्यक्रमसँगै कर्मचारी सम्मान र वृक्षारोपण गर्दै उद्योगका संस्थापक गोल्छाको ७२ औँ जन्मजयन्ती मनाएको हो ।