काठमाडौँ, साउन १३ गते। दाह्री फुल्यो वैँशैमा, एक कान दुई कान मैदान लगायतका हिट गीतका गायक आशिष सचिनले चिनको ग्वान्जाओमा एक विशेष प्रस्तुति दिनुभएको छ।
गोन्जाओमा आयोजिक भव्य समारोहकाबिचमा गायक आशिषले एनआरएनएका सयौँ प्रतिनिधिका माझमा आफ्ना चर्चित गीतहरु दाह्री फुल्यो वैँशैमा, एक कान दुई कान मैदान, गलबन्दी पछ्यौरी, पानी बादलु र छमक छमक तेरी पाउजु लगायतका गीतमा आफ्नो प्रस्तुति दिनुभएको हो।
कार्यक्रममा उनको सर्वाधिक रुचाइएको लोकप्रिय गीत दाह्री फूल्यो वैँशमा‘गाउँदा दर्शकले वान्स मोर’ भन्दै हुटिङ गरेका थिए।
एनआरएनए चीनको नवौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा मुकुन्द ढकाल निर्विरोध निर्वाचित भएका छन्। कार्यक्रम भव्य रुपमा सम्पन्न भएको निवर्तमान अध्यक्ष निर्मल शर्मा चौलागाईले जानकारी दिए। चौलागाईले नयाँ कार्यसमितिलाई समेत कार्यकालको सफलताको कामना गर्नुभयो। कार्यक्रमको प्रमुख अतिथिका रुपमा गोन्जाओका महावाणिज्यदूत भरत खनाल सहभागी हुनुहुन्थ्यो।
एक महिनादेखि चीनका विभिन्न कार्यक्रममा सहभागी उहाँले हालै मात्र हेर्दा हेर्दै बोलको गीतको भिडियो सार्वजनिक गर्नुभएको छ। जुन गीतमा पूर्व मिस नेपाल नम्रता श्रेष्ठसँग आशिषले रोमान्स गरेको देख्न सकिन्छ।