टोपलाल अर्याल
रेसुंगा, साउन १३ गते । गुल्मीमा अवरुद्ध कालिगण्डकी करिडोरसहित मुख्य तीन सडक सञ्चालनमा आएका छन् । कालिगण्डकी गाउँपालिका–१ को गगरेमा पहिरो खसेर पूर्ण रुपमा अवरुद्ध कालिगण्डकी करिडोर भर्खरै सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
माथिबाट पहिरो खसेपछि मंगलबार बिहानबाट करिडोर अवरुद्ध बनेको थियो । त्यस्तै गुल्मीको रुद्रवेणी–वामी सडक पनि संचालनमा आएको छ । यो सडकको दुई स्थानमा अवरुद्ध भएको थियो ।
अविरल वर्षाको कारण सत्यवती गाउँपालिका–६ को डहरे खोलामा पानीको सतह बढेपछि अवरुद्ध सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक गंगा बहादुर सारुले जानकारी दिनुभयो । त्यस्तै चन्द्रकोट गाउँपालिका–८ को तल्लोफाँटमा अवरुद्ध सडक पनि सुचारु भएको सारुले बताउनुभयो ।