स्मिता अर्जेल
मकवानपुरगढी, साउन १३ गते । बागमती प्रदेश कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ । संसदीय दलका नेता तथा प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाविरुद्ध ल्याइएको अविश्वास प्रस्तावमाथि छलफल गर्न बैठक बसेको हो ।
बैठकमा कांग्रेसको केन्द्रबाट पठाइएका प्रतिनिधि राजन केसीको समेत उपस्थिति छ । बैठकको सुरुमै केन्द्रीय प्रतिनिधि पठाइएको सम्बन्धमा केन्द्रबाट पठाइएको पत्र पढेर सुनाइएको थियो ।
त्यसपछि संसदीय दलका नेता तथा मुख्यमन्त्री बहादुर सिंह लामाविरुद्ध दर्ता गरिएको अविश्वास प्रस्ताव पढेर सुनाइएको छ । बैठकमा सहभागी स्रोतका अनुसार यसपछि उक्त प्रस्तावको पक्ष र विपक्षमा मत विभाजन एवं सनाखत गरिने छ ।