• ७ जेठ २०८१, सोमबार

नयाँ औषधि दर्ता एवम् गुणस्तर यकिनका लागि ५८ विदेशी कम्पनी छनौट

blog

काठमाडौं, असार ७ गते । औषधि व्यवस्था विभागले नयाँ औषधि दर्ता एवम् गुणस्तर यकिनका लागि ५८ वटा विदेशी कम्पनी छनाेट गरेको छ । 

विभागले सोमबार सूचना जारी गर्दै डब्लुएचओ–जीएमपी गाइलाइन बमोजिम प्राप्त निवेदनमध्येबाट ५८ कम्पनी छनोट भएको जानकारी दिएको छ ।

विभागको सिफारिसमा असार ६ गते स्वास्थ्य सचिवस्तरीय निर्णयबाट ५८ वटा कम्पनी छनाेट गरिएको हो ।

निरीक्षणका लागि २७१ विदेशी कम्पनीले आवेदन दिएका थिए । छनाेटमा पर्नेम अधिकांश भारतीय कम्पनी छन् भने केही बङ्गलादेशी कम्पनी छन् ।