• ७ जेठ २०८१, सोमबार

विदेशमा रहेका नेपालीको मताधिकारबारे आयोगलाई कांग्रेसको ध्यानाकर्षण

blog

निर्वाचन आयोगमा ज्ञापनपत्र बुझाएपछि पत्रकारसँग कुरा गर्नुहुँदै नेपाली कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापा। तस्बिर : सागर बस्नेत

काठमाडौं, असार ७ गते। नेपाली कांग्रेसले विदेशमा रहेका नेपालीको मताधिकारको सुरक्षाबारे निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ।

कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले मंगलबार विदेशमा रहेका नेपालीको मताधिकार प्रबन्ध गर्न आवश्यक कानुन निर्माण गर्ने र यसका लागि आवश्यक बन्दोबस्त मिलाउनुपर्ने विषयमा आयोगको  ध्यानाकर्षण गराउनुभएको हो।

महामन्त्री शर्माले सम्मानित सर्वोच्च अदालतको फैसला लगत्तै पार्टीको महासमितिको बैठकले पनि विदेशमा रहेका नेपालीको मतदान अधिकार सुनिश्चित गर्नेबारे सरकारको ध्यानाकर्षण गराएको बताउनुभयो। 

“विगतका मुद्दालाई घनिभूत र निर्णयमा पुर्‍याउन अग्रसर हुने र आन्तरिक रुपमा जुन कानुन तयार हुँदैछ, मतदानको अधिकारलाई अगाडि बढाउन सुनिश्चित गरौं भनेर छलफल भएको हो”, उहाँले भन्नुभयो। 

नेपालबाहिर रहेका नेपालीको भावना गाँस्ने र अमेरिका, जापान, क्यानडाको डलर मात्रै होइन भोट पनि चल्ने दिन आउनुपर्ने शर्माले उल्लेख गर्नुभयो। यसैगरी, निर्वाचन आचारसंहिता कार्यान्वयन हुन नसकेको विषयमा पनि छिट्टै नै सबै राजनीतिक दलसँग छलफल गरिने महामन्त्री थापाले बताउनुभयो। 

“मतदान अधिकार प्रारम्भमै अस्तव्यस्त, यति धेरै कष्ट झेल्ने कुरा, नामावाली संकलन गर्ने, निर्वाचनको खर्चको सीमा एउटा तोकिएको छ, साँच्चिकै निर्वाचनको खर्च घटाउने विषयमा सुझावको कुरा छ। सबै दललाई बोलाएर छलफल गरेर अघि बढ्ने कुरा भएको छ”, थापाले भन्नुभयो।