• १२ साउन २०८२, सोमबार

आजीविका बन्न सक्छ साइबर सुरक्षा

blog

साइबर सुरक्षामा आजीविका (करिअर) बनाउने चाहना छ तर कहाँबाट सुरु गर्ने थाहा छैन ? जीवन अलमलिएर वा असमन्जसले चल्दैन । हामीले मनले चाहेको, जानेको र उपलबध अवसरको लाभ लिन सक्ने हुनु पर्छ ।

डिजिटल संसारको विस्तारसँगै साइबर सुरक्षा (Cybersecurity) अहिलेको युगमा अनिवार्य सिप बन्दै गएको छ । तपाईं विद्यार्र्थी हुनुहुन्छ, फ्रिलान्सर हुनुहुन्छ वा पेसागत आजीविका बनाउने सोचाइमा हुनुहुन्छ, साइबर सुरक्षा एक यस्तो क्षेत्र हो जसले तपाईंलाई कम स्रोत, उच्च सिप र आत्मनिर्भरता दिने स्पष्ट बाटो दिन्छ ।

तर धेरैको पहिलो प्रश्न हुन्छ :

👉 सुरुवात नै कसरी गर्ने ?

👉 अझ जागिर नपाइकनै कसरी सिकेर आत्मनिर्भर बन्न सकिन्छ ?

साइबर सुरक्षा भन्नाले के बुझिन्छ ?

साइबर सुरक्षा भन्नाले कम्प्युटर, मोबाइल फोन, वेबसाइट, सर्भर, नेटवर्क र अन्य डिजिटल प्रणालीमा हुने अनधिकृत पहुँच, डेटा चोरी वा सिस्टम आक्रमणबाट जोगाउने उपाय बुझिन्छ ।

साइबर सुरक्षा विशेषज्ञहरूले डाटा सुरक्षित गर्छन्, ह्याकरलाई पत्ता लगाउँछन्, प्रणालीको कमजोरी परीक्षण गर्छन् र सुरक्षा रणनीति बनाउँछन् । 

सुरुवात गर्नुअघिको आधारभूत तयारी 

कुनै विश्वविद्यालयको डिग्री नभए पनि तपाईंलाई निम्न विषयको प्राथमिक जानकारी हुनु फाइदाजनक हुन्छ ।

–कम्प्युटर सञ्चालनको सामान्य ज्ञान ।

–फोल्डर बनाउने, फाइल चलाउने, सफ्टवेयर इन्स्टल गर्ने । 

–अङ्ग्रेजी पढ्न सक्ने क्षमता । 

–स्रोतहरू प्रायः अङ्ग्रेजीमा हुने भएकाले बुझ्न आवश्यक हुन्छ । 

–नयाँ कुरा सिक्ने मनोवृत्ति । 

–म जान्दिनँ भन्ने स्वीकारेर अभ्यास गर्ने इच्छाशक्ति आवश्यक छ ।

सिक्नैपर्ने मूलभूत कुरा

कम्प्युटर नेटवर्किङ

साइबर सुरक्षामा सिस्टमहरू कसरी जोडिन्छन्, डेटा कसरी बग्छ त्यो बुझ्न नेटवर्किङ अनिवार्य छ ।

के सिक्ने ?

–IP Address, DNS, Subnetting, TCP/IP

–Ping, Traceroute, nslookup

अपरेटिङ सिस्टम

Linux, विशेष गरेर Kali Linux  प्रयोग गरेर धेरै अभ्यास गरिन्छ ।

के सिक्ने ?

–Linux Command Line: ls, cd, chmod, sudo  आदि

Windows PowerShell Commands

–File permissions, network settings


स्क्रिप्टिङ र प्रोग्रामिङ 

साइबर सुरक्षामा समस्या हल गर्न script लेख्न सक्नुपर्ने हुन्छ ।

के सिक्ने ?

–Variables, Conditions, Loops, Functions

–File handling

–Network scripting (socket, request)


सिकाइको अर्को चरण : प्रयोगात्मक अभ्यास 

Lab Setup : आफ्नै कम्प्युटरमा प्रयोग गर्न मिल्ने सुरक्षित वातावरण ।

तपाईंले VirtualBox वा VMware प्रयोग गरेर Kali Linux, Ubuntu / Test Vulnerable Machine (Metasploitable) मा अभ्यास गर्न सक्नु हुन्छ ।

YOUTUBE मा‘Kali Linux Ethical Hacking Lab Setup’  सर्च गरेर त्यसमा भनिए अनुसार अभ्यास गर्न सकिन्छ । 

Platform प्रयोग गरेर अभ्यास गर्ने 

TryHackMe  (सुरुवातका लागि उपयुक्त)

Guided Labs, Interactive Content

–Secure Practice Labs

Hack The Box

–CTF-style machines

–Real-world exploitation practice

OverTheWire

–Linux mastery and terminal-based security challenges

सिकेको ज्ञानलाई मजबुत पार्ने उपाय

Web Security:

OWASP Top 10  को अध्ययन गर्नुहोस् । यसले संसारभरका प्रमुख वेबसाइटमा पाइने कमजोरी सूचीबद्ध गर्छ ।

Notes  राख्ने बानी बनाउनुहोस् ।

–GitHub  मा आफ्ना अभ्यास, सिक्रिप्ट, writeups अपलोड गर्नुहोस् ।

–यसले तपाईंको सिकाइलाई प्रस्ट पार्छ र भविष्यमा पोर्टफोलियोको रूपमा काम गर्छ ।

आत्मनिर्भर बन्ने उपाय

Bug Bounty

–विभिन्न कम्पनीका वेबसाइटमा कमजोरी फेला पारेर रिपोर्ट गर्दा इनाम पाउनुहुन्छ ।

प्लेटफर्महरू

–HackerOne

–Bugcrowd

Freelancing

–Fiverr, Upwork मा सेवा दिने Website Security Audit, Malware Cleanup, WordPress Hardening आदि ।

Blogging वा YouTube

–‘How I hacked this vulnerable box’ जस्ता सिकाइ बाँड्ने ।

–दर्शक बटुलेर विज्ञापन वा sponsorship बाट कमाइ गर्ने ।

Tools बनाउने

Python बाट Port Scanner, Directory Brute Forcer, Email Spoof Checker आदि बनाउनुहोस् ।

–GitHub  मा राख्नुहोस् । जुन तपाईंको व्यावसायिक परिचय बन्न सक्छ ।   

  –युवामञ्च