• ११ साउन २०८२, आइतबार

‘मधुकर’ स्मृति पुरस्कार प्रदान

blog

नेपालगन्ज , साउन ११ गते । स्वर्गीय गायक तथा साहित्यकार प्रेमप्रकाश मल्ल ‘मधुकर’ को ९० औँ जन्मजयन्तीका अवसरमा शनिबार प्रेमप्रकाश मल्ल ‘मधुकर’ स्मृति पुरस्कारबाट वरिष्ठ साहित्यकार डा. हरिप्रसाद तिमिल्सिनालाई पुरस्कृत गरिएको छ । 

भेरी साहित्य समाज केन्द्रीय समितिको आयोजनामा गरिएको कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वसदस्य सचिव सनतकुमार रेग्मीले साहित्यकार तिमिल्सिनालाई पुरस्कृत गर्नुभयो । 

नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वसदस्य सचिव रेग्मीले स्वर्गीय प्रेमप्रकाश मल्लले साहित्य र गायनको क्षेत्रमा पु¥याएको योगदानको चर्चा गर्दै उहाँलाई श्रद्धाञ्जली अर्पण गर्नुभयो । पुरस्कृत साहित्यकार तिमिल्सिनाले पुरस्कृत गरिएकोमा आभार व्यक्त गर्दै स्वर्गीय मल्लको जीवनीबाट नयाँ पुस्ताले धेरै कुरा सिक्न बाँकी रहेको बताउनुभयो । 

नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सदस्य महानन्द ढकाल, वरिष्ठ साहित्यकार तथा लेखक नरेन्द्रजङ्ग पिटर, किरण आचार्य, भेरी साहित्य समाजका केन्द्रीय समितिका अध्यक्ष इन्द्रबहादुर बस्नेतलगायतले साहित्यको विकासमा स्वर्गीय मल्लको योगदानबारे चर्चा गर्नुभएको थियो ।