• १० साउन २०८२, शनिबार

छ घण्टा विद्युत् आपूर्ति बन्द हुने

blog

शङ्कर केसी,

सल्यान, साउन ९ गते । रुखका हाँगा कटान र विद्युतीय संरचना मर्मतका लागि भन्दै सल्यानमा शनिवार छ घण्टा विद्युत् सेवा अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरण सल्यान वितरण केन्द्र अन्तर्गत तुलसिपुरदेखि शितलपाटी र शितलपाटी देखि थारमारे ३३ केभि प्रसारण लाइन अवरुद्ध हुनुभएको हो ।

शितलपाटी सवस्टेशनका सबै फिडरहरु शनिवार बिहान ८ बजेदेखि ११ बजेसम्म र बागचौर सबस्टेशन सबै फिडरहरु बिहान ८ बजेदेखि २ बजेसम्म विद्युत् आपूर्ति बन्द रहने सल्यान वितरण केन्द्रका प्रमुख दिनेश पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार  प्रसारण लाइन वरपर रहेका रुखका हाँगाहरू काट्ने तथा लाइन पेट्रोलिङ गरी विद्युतीय संरचना मर्मतका लागि विद्युत् लाइन काटेर काम गर्नुपर्नेछ ।

तोकिएको समयभन्दा अगावै काम सम्पन्न भएमा वा मौसम प्रतिकुल रहेमा सोही अनुसार लाइन सुचारु हुने सल्यान वितरण केन्द्रले सूचना मार्फत जानकारी गराएको छ ।