• १० साउन २०८२, शनिबार

क्यानडा पठाइ दिनेभन्दै ६५ लाख ठगी गर्ने युवा पक्राउ

blog

काठमाडौँ, साउन ९ गते । क्यानडा पठाइ दिने भन्दै पैँसट्ठी लाख सन्तानब्बे हजार रुपियाँ ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । गोरखा पालुङटार नपा २ स्थायी घर भई हाल काठमाडाैँ कागेश्वरी मनोहरा नपा ५ बस्ने ३७ वर्षीय रविन आचार्यलाई  पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी काजी कुमार आचार्यले जानकारी दिनुभयो । 

बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभन पारी रोजगारीका लागि अमेरिका पठाउने भनी लामो समयसम्म झुक्यानमा राखी उनले सो रकम ठगी फरार भएको थियो ।