महोत्तरी समाचारदाता
महोत्तरी, साउन ८ गते । प्रधानमन्त्री केपी शर्मा ओली विभिन्न कार्यक्रममा सहभागी हुन शुक्रबार महोत्तरी आउँदै हुनुहुन्छ । प्रधानमन्त्री ओलीले शुक्रबार मटिहानी नगरपालिका–८ को बिग्ही नदीमा मटिहानी–जनकपुर जोड्ने नवनिर्मित पुल तथा वडा नं. ६, मटिहानीमा नवनिर्मित प्रसूति गृह भवनको उद्घाटन गर्न प्रधानमन्त्री आउन लाग्नुभएको मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डलले जानकारी दिनुभयो । नगरप्रमुख मण्डलका अनुसार प्रधानमन्त्रीले रौजामा बनेको रातोखोला पुलको पनि उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।
सङ्घीय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले महोत्तरीको विभिन्न कार्यालयलाई पठाउनुभएको आमन्त्रणापत्रमा बिग्हीखोला पुल तथा रातोखोला पुलको उद्घाटन हुने कार्यक्रम रहेको उल्लेख छ ।