नेत्र शाही
साउन ८ गते । उच्च अदालत सुर्खेत जुम्ला इजलासमा अहिलेसम्मकै बढी मुद्दा फर्छ्यौट भएका छन् । उच्च अदालत सुर्खेत जुम्ला इजलास जुम्लाले आर्थिक वर्ष २०८१/०८२ मा अहिलेसम्मकै बढी मुद्दा फर्छ्यौट भएको पत्रकार भेटघाटबाट जानकारी गरेको छ । जिल्लामा आयोजना गरिएको पत्रकार भेटघाटमा यस वर्ष वार्षिक लगत २१७ वटा मुद्दा मध्य २०२ अर्थात ९३.०८ मुद्दा फर्छ्यौट भएका छन् ।
अदालतका वरिष्ठ न्यायाधीश श्यामजी प्रधानका अनुसार एक वर्ष नाघेका कुनै पनि मुद्दा बाँकी छैनन् । उहाँले काम सबैभन्दा महत्त्वपूर्ण भएकाले यसमा सञ्चारमाध्यामको सहयोग आवश्यक रहेको बताउनुभयो । उनले जुम्लामा स्थानीय सक्रियता अझ बढेमा समृद्धि चाँडै हुनेमा जोड दिनुभयो ।
उच्च अदालत सुर्खेत जुम्लाका अधिकृत तथा सूचना अधिकारी टङ्कप्रसाद खत्रीले अदालतले आर्थिक वर्ष २०८१/०८२ मा गरेका कामको प्रगति प्रस्तुत गर्नुभयो । उहाँले न्याय सम्पादनमा उच्च अदालत तीव्र गतिमा अगाडि बढिरहेको बताउँदै साविक कर्णालीका जिल्ला अदालतले गरेका कामको प्रगति सार्वजनिक गर्नुभयो ।
उहाँका अनुसार आर्थिक वर्ष ०७९/०८० मा लगत मुद्दा २५५ मध्य २०५ ८०.३९ प्रतिशत फर्छ्यौट भएको छ । आर्थिक वर्ष ०८०/०८१ मा २७९ मुद्दामध्य २५३ अर्थात ९०.६८ प्रतिशत मुद्दा फर्छ्यौट भएका हुन् । गत आर्थिक वर्षमा भने सबैभन्दा बढी ९३.०८ प्रतिशत मुद्दा फर्छ्यौट भएका छन् ।
साविक कर्णालीको जुम्ला, हुम्ला, मुगु, कालिकोट र डोल्पामा आठ सय ३१ वटा मुद्दा लगत भएकोमा छ सय सात वटा फर्छ्यौट भएको जानकारी दिनुभयो ।
उहाँले अदालतको भौतिक संरचनादेखि भइरहेका अन्य कामहरुको विषयमा समेत जानकारी गर्नुभयो । अदालनतले तीन वटा मुद्दामा विशेषज्ञको भर्चुअल बकपत्र गरिएको जानकारी दिनुभयो । पत्रकार भेटघाटमा पत्रकारहरुले अदालतका कामको सहजताको विषय र विभिन्न सवालमा जिज्ञासा राखेका छन् । उनिहरुले सूचना प्रवाह र जनताको सेवा प्रवाहमा थप सहज गर्न सूझाव दिएका छन् ।
अदालतका अनुसार आर्थिक वर्ष २०८१/८२ को प्रगतिमा रिट निवेदन ३४ वटा, जवरजस्तीकरणी ६२ वटा, ज्यान मार्ने उद्योग मुद्दा १४ वटा, कर्तब्य ज्यान १० वटा, बहुविवाह पाँच, सम्बन्ध विच्छेद दुई, सवारी ज्यान चार, अङ्गभङ्ग दुई, मानव बेचविखन तथा ओसार पसार ५ वटा, लागुऔषध १४, जातीय विभेद २ वटा मुद्दा दर्ता भएका थिए ।
यसैगरी, अवहेलना दुई, हातहतियार तथा खरखजना चार वटा, चोरी नौ वटा तथा चोरी नवकबजनी १० वटा मुद्दा दर्ता भएका छन् । यसैगरी अंश चार र अन्य ३४ मुद्दा छन् ।