• १२ साउन २०८२, सोमबार

देशरभर वर्षाको सम्भावना : कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको पूर्वानुमान

blog

काठमाडौँ, साउन ६ गते । हाल देशभर मनसुनी वायुको प्रभाव रहँदा  मनसुनको न्यूनचापीय रेखा सरदर स्थानका आसपासमा अवस्थित रहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मङ्गलबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थान तथा अन्य भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि पूर्वानुमान रहेको छ ।

त्यसैगरी, आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थान तथा अन्य भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । रासस