काठमाडौँ, साउन ४ गते । राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । अनामनगरस्थित सामाजिक विकास भवनमा सम्पन्न उक्त रक्तदान कार्यक्रममा संस्थाका अध्यक्ष नारायण थापा,वरिष्ठ उपाध्यक्ष दिपक शर्मा,महासचिव सनम कठायत,सचिव रिता केसी,सचिव बेनिशा पौडेल, कोषाध्यक्ष प्रतिक्षा काफ्ले सदस्यहरु मनोज परियार,विरेन्द्र भाट “विपिन”,प्रमोद डिजी,विनोद बम,पुजा ठकुरी,सुवास तिमसिना,प्रज्वल भट्ट गीता पाण्डे,कोपिला शिवाकोटी प्रहरी अतिरिक्त महानिरीक्षक तथा गीतकार टेक तामाङ्ग गीतकार तथा संगीतकार कस्तुप पन्त,गायक संगीतकार नरहरी प्रेमी,चर्चित गायक कुलेन्द्र विश्वकर्मा,सिडी विजय अधिकारी लगायत देशका थुप्रै चर्चित गायक गायिका ,संगीतकार गीतकार,चलचित्र लगायत ललितकलाका विभिन्न विधाका ६३ जनाले रक्तदान गर्नुभएको थियो।
कार्यक्रमका विषयमा बोल्दै संस्थाका अध्यक्ष नारायण थापाले कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्णमा धन्यवाद व्यक्त गर्दै संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत ब्लड बैंकहरुमा भईरहेको रगतको अभावलाई थोरै भएपनि सम्बोधन गर्न सकियोस भनि कार्यक्रम आयोजना गरिएको बताउनुभयो।
कार्यक्रममा वरिष्ठ कलाकार धिरेन शाक्य,,वरिष्ठ संगीतकार चेतन सापकोटा,संगीतकार संघ नेपालका अध्यक्ष अष्ट लामा,रोयल्टी संकलन समाजका सचिव बसन्त सापकोटा वरिष्ठ गीतकार शंकर अधिकारी “घायल” म्युजिक भिडियो निर्देशक समाजकी अध्यक्ष बबिता श्रेष्ठ मलेकु,चलचित्र पत्रकार संघका महासचिव रघुनाथ सापकोटा रापती समाजका अध्यक्ष गोविन्द मधुर आचार्य वरिष्ठ पत्रकार तथा गीतकार डब्बु क्षेत्री संस्थाका सल्लाहकारहरु रविन्द्र बराल,रमेश दहाल डा ओम कृष्ण प्रसाईं माधव राज खरेल लगायतका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।