• १ साउन २०८२, बिहिबार

ललितपुर क्विन्सद्वारा सलिनालाई रिटेन

blog

काठमाडौँ, साउन १ गते । दोस्रो संस्करणको एभरेस्ट महिला भलिबल लिग (इडब्लुभीएल)का लागि ललितपुर क्विन्सले सलिना श्रेष्ठलाई रिटेन गरेको छ ।

गत संस्करणको टोलीबाट एक जना खेलाडी रिटेन गर्न पाउने नियमअनुसार ललितपुरले आफ्नो पूर्व कप्तान सलिनालाई रिटेन गरेको हो । 

सलिनाको कप्तानीमा ललितपुर पहिलो संस्करणको एभरेस्ट महिला भलिबल लिगमा उपविजेता बनेको थियो । ललितपुरको आफ्नो मुख्य प्रशिक्षक उत्सव खड्कालाई यसअघि नै नियुक्त गरिसकेको छ ।

टोलीको सहायक प्रशिक्षकको जिम्मा युगेश हमाललाई सुम्पिएको छ । दोस्रो संस्करणको एभरेस्ट महिला भलिबल लिग भदौ २० देखि भदौ २८ गतेसम्म हुने छ । 

फ्रेन्चाइज भलिबल लिगको लागि पहिलो पटक सहभागी टोलीले शुक्रबार अक्सनमार्फत खेलाडी अनुबन्ध गर्ने छन् । अक्सनबाट प्रत्येक टोलीले ‘ए’ श्रेणीबाट एक, ‘बी’ र ‘सी’ बाट समान तीन तीन गरी सत खेलाडी खरिद गर्ने छन् । 

लिगमा साविक विजेता कर्णाली यशवीससहित, गण्डकी थन्डर्स, चितवन शक्ति, ललितपुर क्विन्स, काडमाडौँ स्पाइकर्स र मधेश युनाइटेडको सहभागिता रहने छ ।