काठमाडौँ, साउन १ गते । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवं स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ ले न्युजिल्यान्डको शीर्ष डिभिजन लिग खेल्नुहुने भएको छ ।
‘साम्बा’ लाई न्युजिल्यान्डको वेलिङ्गटन फिनिक्स फुटबल क्लबले अनुबन्ध गरेको हो । क्लबले ‘साम्बा’ सँग दुई वर्षका लागि अनुबन्ध गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
वेलिङ्गटन फिनिक्स न्युजिल्यान्डको क्लब भए पनि यसले अस्ट्रेलियाको ‘ए’ डिभिजन लिग खेल्ने गर्दछ । यसअघि फ्रान्सबाट खेल्दै आउनुभएकी ‘साम्बा’ले न्युजिल्यान्डमा खेल्न लागेको पहिलो पटक हो ।
दुई सिजन फ्रान्सबाट खेल्नुभएकी ‘साम्बा’ले त्यसअघि इजरायल तथा भारत र माल्दिभ्समा पनि व्यावसायिक लिग खेल्नुभएको थियो । ‘साम्बा’ ले घरेलु फुटबलमा विभागीय टोली एपिएफ क्लबबाट खेल्दै आउनुभएको छ ।