• १ साउन २०८२, बिहिबार

देवघाटधाममा साउने मेला सुरु

blog

देवघाटधाम मेलामा आएका भक्तजनहरु । तस्बिर : शालिग्राम नेपाल

शालिग्राम नेपाल
देवघाट (चितवन) साउन १ गते ।
तीन जिल्लाको सङ्गम देवघाटधाममा आजदेखि एक महिना साउने मेला सुरु भएको छ । शिव भगवानको महिनाको रुपमा लिने यो महिनामा चितवन, नवलपारसी, तनहुँ, मकवानपुर, रुपन्देहीलगायत भारतको विहार उत्तर प्रदेशबाट यहाँ स्नान गर्न आउने गरेका छन् ।

देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले आजैदेखि बाेलबम मेला पनि सुरु भएकाले भक्तजनको सुरक्षाको लागि व्यवस्था मिलाएको बताउनुभयो । स्नान गर्ने स्थानमा सतर्कता अपनाउन सूचना टाँस गरिएको छ भने स्नान गर्ने ठाउँ तोकिएको जानकारी दिनुभयो ।

साउनको पहिलो दिन बिहानदेखि भक्तजनको भिड लागेको छ । देवघाटमा रहेको शिवालयमा त्रिशूली र कालगण्डकीको सङ्गमबाट जल ल्याएर चढाउने गरिन्छ । देवभूमिको रुपमा लिएको देवघाटधामको जल शिवालयमा चढाएमा पुण्य प्राप्त हुने जनविश्वास छ । साउन महिना भरीमा करिब पाँच लाख भक्तजन आउने अनुमान गरिएको कार्याकारी निर्देशक बरालले जानकारी दिनुभयो । सोमबार भक्तजन धेरै आउने गर्दछन् । अन्य दिनमा पनि भक्तजनको भिड लाग्ने गरेको उहाँले बताउनुभयो ।