• १ साउन २०८२, बिहिबार

कपिलवस्तुमा सर्पले डस्दा बालिकाको मृत्यु

blog

नारद कोहार
तौलिहवा (कपिलवस्तु), साउन १ गते ।
जिल्लाको  महाराजगञ्ज नगरपालिका– २ मा सर्पले डस्दा १४ महिने बालिकाको मृत्यु भएको छ । झगरु पासवानकी छोरी सङ्गीता पासवानको मृत्यु भएको हो ।

घरमा सुतेको अवस्थामा उनलाई सर्पले डसेको थियो । केही बेरपछि बालिका अचेत भएपछि उपचारका लागि बहादुरगञ्ज अस्पताल लगिएको थियो ।

त्यहाँ उनको उपचार हुन नसकेपछि थप उपचारका लागि गोरुसिङ्गेस्थित सर्पदंश उपचार केन्द्रमा ल्याइएको थियो । उपचारमा ढिलाई गरिँदा उनको बाटोमै मृत्यु भइसकेको गोरुसिङ्गे सर्पदंश उपचार केन्द्रका व्यवस्थापक नवीन भण्डारीले बताउनुभयो ।