• १ साउन २०८२, बिहिबार

सेप्टिक ट्याङ्कीमा निसासिएका एकजनाको मृत्यु, एकको अवस्था गम्भीर

blog

सेप्टिक ट्याङ्कीमा काम गर्दा निसासिएका नागरिकको उद्धार गरिँदै । तस्बिर : राधा लुइटेल

राधा लुइटेल
फिदिम, साउन १ गते ।
पाँचथरको फाल्गुनन्द गाउँपालिका–५ को निर्माणाधिन सेप्टिक ट्याङ्कीमा फसेका चार जनामध्ये एक जना श्रमिकको निसासिएर मृत्यु भएको छ ।

तीन जना बेहोस भएका छन् भने एक जनाको अवस्था गम्भीर छ ।  जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी रुपेश तामाङका अनुसार निर्माणाधिन घुर्विसे पञ्चमी सहकारी संस्था भवनको सेप्टिक ट्याङ्की निर्माणका क्रममा तीन जना मजदुर निसासिएर बेहोस भएका थिए भने उनीहरुको उद्वारा लागि गएका थप एक जना समेत बेहोस भएका थिए ।

बेहोस भएकामध्ये ३८ वर्षीय रत्न चेम्जोङको उपचारका क्रममा इलाम अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन् । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार उनीहरु बुधबार साँझ करिब ५ः३० बजे बेहोस अवस्थामा भेटिएका थिए ।

सेप्टिक ट्याङ्कीमा फसेकामध्ये २४ वर्षीय भिष्म चेम्जोङको अवस्था गम्भीर छ । चेम्जोङलाई उपचारका लागि झापाको बिर्तासिट अस्पतालमा पु¥याइएको प्रहरीले जनाएको छ । ४० वर्षीय बिरु चेम्जोङ र ३० वर्षीय संगित चेम्जोङको होस खुलेको छ । श्रमिक बेहोस भएको सूचनापछि प्रहरी चौकी फाक्तेपबाट प्रहरी सहायक निरीक्षक शेरबहादुर राईसहितका प्रहरी र स्थानीयले उद्धार गरेका हुन् ।

सुरक्षाकर्मी र स्थानीयको प्रयासले उद्धार सम्भव नभएपछि स्कावेटर प्रयोग गरेर बाटो बनाउँदै उद्धार गरिएको राईले जानकारी दिनुभयो । करिब १२ मिटर उचाइको सेप्टिक ट्याङ्कीमा अक्सिजनको मात्रा कम भएर उनीहरु बेहोस भएको प्रहरी सहायक निरिक्षक राईको भनाइ छ ।

यो पनि पढ्नुहोस

सेप्टिक ट्याङकीमा काम गर्दा तीनजना बेहोस