• २८ असार २०८२, शनिबार

स्याङ्जामा ७९ प्रतिशत बजेट खर्च

blog

अर्जुन काफ्ले
स्याङ्जा, असार २७ गते ।
आर्थिक वर्ष २०८१/०८२ मा स्याङ्जामा सङ्घीय र प्रदेशको समग्रमा ७८.८२ प्रतिशत पूँजीगत खर्च भएको छ ।

यहाँ पूँजीगतमा सङ्घीय तर्फ एक अर्ब १८ करोड २७ लाख चार हजार बजेटमा ९१ करोड ६० लाख चार हजार ४७१ रुपियाँ ९७ पैसा(७७.४५) र प्रदेश तर्फ दुई अर्ब २५ करोड ४० लाख ५० हजार बजेटमा एक अर्ब ८० करोड ७७ लाख ५८ हजार ८८८ रुपियाँ (८०.२०) खर्च भएको हो ।

कोष तथा नियन्त्रक कार्यालय स्याङ्जाका प्रमुख थम नारायण शर्माले समग्रमा चालु तर्फ भने ८८.८५ प्रतिशत खर्च भएको बताउनुभयो ।

चालू तर्फ सङ्घीय बजेटमा आठ अर्ब छ करोड ५० लाख ७८ हजार २९२ रुपियाँमा सात अर्ब ७८ करोड ११ लाख आठ हजार ७६४ रुपियाँ ८४ पैसा (९६.४८ प्रतिशत) खर्च भएको हो ।

यस्तै चालु तर्फ प्रदेश सरकारको ८२ करोड २२ लाख ५८ हजार ६७७ रुपियाँ मध्ये ६६ करोड ७९ लाख ४० हजार ६१४ रुपियाँ ९५ पैसा ( ८१.२३प्रतिशत) बजेट खर्च भएको हो । 

चालू आर्थिक वर्षमा जिल्लाका सरकारी कार्यालयहरुले ७९ करोड ६२ लाख ७५ हजार ७१० रुपियाँ ०७ पैसा राजस्व सङ्कलन गरेका छन् ।

सङ्घीय कार्यालयहरुले ६० करोड ७२ लाख ९६ हजार नौ सय ३२ रुपियाँ ६२ पैसा र प्रदेश कार्यालयहरुले १८ करोड ८९ लाख ७८ हजार ७७७ रुपियाँ ४५ पैसा राजस्व सङ्कलन गरेका हुन् ।

यस्तै कोष तथा नियन्त्रक कार्यालयका अनुसार प्रदेशको पूँजीगत तर्फ कुल ४४ करोड ६२ लाख रुपियाँ फ्रीज(फिर्ता) बताएको छ ।

सबैभन्दा धेरै पूर्वधार विकास कार्यालयको ३६ करोड ९० लाख, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको दुई करोड ६२ लाख र जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालयको ६६ लाख रुपियाँ फिर्ता गरेका हुन् ।