• २८ असार २०८२, शनिबार

फलामको गेटले किचिएर बालकको मृत्यु

blog

विनय कर्ण
कल्याणपुर (सप्तरी), असार २७ गते ।
सप्तरीको सप्तकोशी नगरपालिका– १ स्थित खोरियाटोलमा फलामको गेटले किचिएर एक बालकको मृत्यु भएको छ । स्थानीय सञ्जिव कट्वालका चार वर्षीय छोरा समिरजङ कट्वालको बिहीबार मृत्यु भएको हो ।

साथीहरुसँग खेल्ने क्रममा घरको आँगनमा रहेको फलामका गेट अचानक लड्दा त्यसमा किचिएर बालक गम्भीर घाइते भएका थिए ।

घाइते बालकलाई उपचारका लागि विराटनगर टिचिङ अस्पताल लगिएकोमा त्यहाँ चिकित्सकले उनलाई मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

मृतकको शव परिक्षणका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।